
एजेन्सी । काठमाडौका सडक छेउमा पानीपुरी खाने युवायुवतीको भिड देखिन्छन् । कतिपय व्यक्ति पानीपुरी भनेपछि हुरुक्कै हुन्छन् । खासगरी युवायुवती यसको पा`रखी हुन्छन् ।
साँझको समयमा सडक किनारमा पानीपुरी खानेहरुको लाइन देख्न सकिन्छ । यस्तो पानीपुरी कति स्वास्थ्यकर हुन्छ भन्ने कुराको ख्याल भने गरिदैन । तर तपाई हामीले स्वाद मानेर खाने पानीपुरीमा के सम्म मिसाइएको हुनसक्छ भन्ने अ`नुमा`न गर्नुभएको छ ?
स्वाद मानेर खाइने पानीपुरीमा पिसाब मिसाइएको भिडियो सार्वजनिक भएको छ । यो भिडियो नेपालको भने होइन । तर यो भिडियो हेरेर तपाई हाम्रो स्वास्थ्यमा कति ला`परवा´ही भएको होला भन्ने कुराको अनुमान सजिलै लगाउन सकिन्छ ।
भारतको आसामस्थित गुवाहाटी क्षेत्रमा पानीपुरीमा पिसाब मिसाएको घ`टना सार्वजनिक भएपछि प्रहरीले आरो`पीलाई प´क्रा´उ गरेको छ । ठेला सञ्चालक ६० वर्षीय अ`क्रु`ल स`हानीलाई प्रहरी प´क्रा´उ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पिसाब मिसाइरहेको भिडियो अमर ज्योती नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो, जुन भिडियो भाइ`रल बन्यो । भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीको पानीमा मिसाइरहेको देखिन्छ ।भिडियो