२०७९ श्रावण ३१
  • काठमाडौँ

महिला जनप्रतिनिधि : जो विहान गिट्टी कुट्छिन, दिनभर जनताको सेवामा खटिन्छिन

हामीले धेरै जनप्रतिनिधीहरुलाई देखेका छौँ । चुनाव जित्नुभन्दा पहिले र जितिसकेपछिको दैनिकी धेरै फरक देखिन्छ । तर घोराही उपमहानगरपालिका वडा नंम्वर १४ की जनप्रतिनिधी फुलमती नेपालीको दैनिकी भने उस्तै देखिन्छ ।

२०७४ सालमा भएको स्थानिय तहको चुनावबाट द,लि`त महिला वडा सदस्यमा निवार्चित हुनुभएकी फुलमती नेपाली अहिले पनि गिट्टि कु,ट्दै र जनताको सेवा गर्दै आफ्नो दैनिकी बिताउनु हुन्छ ।उहाँ १० बजे वडा कार्यालय जानुहुन्छ र जनताको सेवामा लाग्नुहुन्छ ।

त्यसबाहेक बचेको समयमा उहाँले विहानको समयमा गिट्टि कु`ट्नुहुन्छ भने कहिलेकाही उहाँ सडक पेटीमा तरकारी तथा फलफुल बेच्न पनि आईपुग्नुहुन्छ । हातमा हतौडा र छेक्कन, ढुंगा र गिट्टि माथि बसेर गट्टि कुट्दै गरेको अवस्थामा घो`राही उपमहानगरपालिका वडा नंम्वर १४ की वडा सदस्य फुलमती नेपाली भेटिनुहुन्छ ।

घोराही-१३ को सेवारखोलामा उहाँले गिट्टि कु`ट्नुहुन्छ भने सिजनको समयमा फलफुल तथा तरकारी बेच्नका लागी घो`राही बजारका विभिन्न चोकमा पनि उहाँ भेटिनु हुन्छ । उहाँ भन्नुहुन्छ, –‘मेरो खेतबारी अरु केही पनि छैन् । पहिलेदेखी नै गिट्टि कु`टेर घरको दैनिकी चलाउदै आएको छु ।

वडामा जनताको सेवा गरेर बचेको समयमा मैले गिट्टि कुटेर केही पैसा कमाउने गर्ने गरेको छु ।अहिले हामीले कु`टेको गिट्टिी नबि`केर पनि चिन्ता भएको छ । यहाँ गिट्टि किन्नका लागी गाडीहरु पनि आउन नदिएकाले गिट्टि नबि`क्दा सम`स्या छ । एक बेल्चाको ५ रुपैयाँ मूल्य छ, त्यही पनि बेच्न पाईयोभने कमाई हुन्थ्यो,’ –‘उहाँले भन्नु भयो ।

उहाँले जनताको सेवासँगै दैनिकी चलाउनका लागी गिट्टि कु`ट्ने र सडक पेटीमा फलफुल तथा तरकारी बेच्ने गरेको बताउनुहुन्छ ।२०२२ सालमा जन्मिनु भएकी नेपाली मजदुरी गर्दै गर्दा नेकपा माओवादी पार्टिमा जोडिनु भएको हो । पार्टिले वडा सदस्यका लागी चुनावमा उठाएपछि खुशी हुनुभएकी नेपाली चुनाव जितेर निर्वाचित भैसकेपछि विगत ४ वर्षदेखी जनताको सेवा गर्दै आईरहनु भएको छ ।

४ वर्षको समयमा जनताको गुनासो सुन्नेदेखी लिएर ति गुनासोलाई समाधान गर्नका लागी आफुले काम गर्न प्रयास गरेको र त्यसको सही मूल्याङ्कन जनताले गर्ने उहाँ बताउनु हुन्छ ।वडा सदस्य नेपाली भन्नुहुन्छ,– ‘हिजोको दिनमा गिट्टि कुट्ने मजदुरहरुका लागी सचिव भएर काम गर्दै आएकाले पनि मलाई जनप्रतिनिधी भएर काम गर्न केही सहज भएको छ ।

गिट्टि कुट्दै मजदुरहरुको नेतृत्व गर्ने अवसर पाए त्यसैले पनि अहिले जनप्रतिनिधी भएपछि पनि मैले जनताको सेवासँगै आफ्नो मजदुरीलाई पनि निरन्तरता दिएकी छु । पहिले मैले महिनामा ४ गाडीसम्म गिट्टि कुट्थीए अहिले महिनामा २ गाडीसम्म कुट्छु ।

जसले मलाई घरखर्च चलाउन पनि केही सहज भएको छ’ –‘उहाँले भन्नुभयो । उहाँले वडा सदस्यको रुपमा काम गर्दै गर्दा वडाका सबै सहकर्मी जनप्रतिनिधीबाट राम्रो सहयोग पाएको पनि उहाँले सुनाउनु भयो । वडा अध्यक्ष शक्तिराम डाँगीदेखी लिएर जनतासम्म सबैको राम्रो साथ पाएको उहाँले बताउनु भयो ।

अहिले सडक पेटीमा व्यवसाय गर्नेहरुलाई घोराही उपमहानगरपालिकाको नगरप्रहरीले बेला बेलामा उठाउदै आएको छ ।तर उपमहानगरकै जनप्रतिनिधीको सडक पेटीमा व्यवसाय गर्नुपर्ने बाध्यता छ । यसलाई व्यवस्थित बनाउन अहिले उपमहानगरले सडक पेटीका व्यवपारीलाई तरकारी बजारभित्र व्यवस्थित गर्न थालेको उहाँले बताउनुभयो ।

अर्को प्रसंगमा उहाँले जनप्रतिनिधी भएको सुरुका दिनहरुमा दलित तथा महिला भएको हुदा जनताको विस्वास केही कम देखीए पनि विस्तारै आफूलाई जनताले विस्वास गर्न थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,– ‘अझै पनि कही कतै दलित भएकै कारण भेदभाव हुने गरेको छ ।

त्यस्ता नकारात्मक तत्वहरुलाई सबैले मनबाट हटाउनुपर्छ भन्ने मेरो आग्रह छ ।म दलि,तहरुको प्रतिनिधित्व गर्दै दलित महिला वडा सदस्यको रुपमा निर्वाचित भएपछि मैले सधै दलित, मजदुर र जनताको हितका लागी काम गर्दै आएको छु । मेरो कामलाई सधै जनतामुखी बनाउने मेरो योजना छ ।

हामी निर्वाचित भएको ४ वर्ष विति सक्यो । फेरी पनि म जनप्रतिनिधीको चुनावमा लडे भने मेरो कामलाई हेरेर जनताले जिताउनु हुन्छ भन्ने आशा पनि छ’ ,उहाँले भन्नुभयो । नेपाल समाचार बाट

२०७८ भाद्र ९, बुधबार ०१:०८ 1 Minute 195 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।