२०७९ भाद्र १
  • काठमाडौँ

यी नेपाली युवकले दुबईमा रचे इतिहास! पारे सबैलाई चकित

नेपाली बक्सिङलाई जुनियर तथा युथ बक्सिङको एसियनस्तरमा ऐतिहासिक सफलता प्राप्त भएको छ।

दुबईमा सञ्चालन भइरहेको एएसबिसी जुनियर तथा युथ ब्वाइज एण्ड गर्लस् बक्सिङ प्रतियोगितामा जुनियर ५४ किलो तौल समूहको क्वार्टरफाइनलमा जित निकाल्दै नेपालका छिरिङ वाङ्दी शेर्पाले पदक पक्का गरेका छन्।

कुवेतका प्रतिद्वन्द्वी मोहमदलाई पराजित गर्दै नेपालका स्कुले मुक्केवाज छिरिङले तीनवटै राउण्डमा उत्कृष्ट खेल देखाउँदै ५–० ले जित हात पारेका हुन्। 

अब छिरिङले सेमिफाइनलमा काजगिस्तानका प्रतिद्वन्द्वी अडाल्बेक नियाज्बासँग प्रतिस्पर्धा गर्नेछन्। यसैगरी नेपालका दुई जना महिला मुक्केबाजहरू स्वस्तिका तिरुवाले र नारीका राईले पनि क्रमशः ५२ किलो तथा ५७ किलो तौल समूह अन्तर्गत नेपाललाई कास्य पदक पक्का गरी गरिसकेका छन्। 

नेपालका सहभागी ६ जना सहभागी मुक्केबाजहरु मध्ये हालसम्म ३ कास्य पक्का गरिसकेका छन्। 

नेपालले पदकको आशा गरेका अर्का युवा मुक्केबाज इन्द्रबहादुर सुनार इरानका खेलाडीसँग पहिलो राउण्डमा उत्कृष्ठ खेल प्रदर्शन गर्दै विजयी भएका थिए। तर उनी ‍दोस्रो र तेस्रो राउण्डमा पराजित भए। 

७१ किलो तौलमा नेपालका सुदेन गिरी आफ्नो तौलका विश्व वरियतामा अगाडि रहेका मुक्केबाजसँग आरएससीको आधारमा पराजित भए।
साभार: सेतोपाटी

२०७८ भाद्र ७, सोमबार १३:३४ 0 Minutes 259 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।