२०७९ असार १४
  • काठमाडौँ

अफगानी राष्ट्रपतिकी छोरी यति हदसम्म विलासी, सम्पत्ति र जीवनशैली देखेर अमेरिकन चकित !

काठमाडौं । अफगानिस्तानका निर्वासित राष्ट्रपति अशरफ घनीले देश छोडेसँगै उनको परिवारको चर्चा पनि शुरु भएको छ। हालै उनकी छोरीको चर्चा सुरु हुँदैछ ।

घनीकी छोरी न्युयोर्क शहरमा भव्य जीवन बिताइरहेकी छिन्, अर्कोतर्फ अफगानिस्तानमा जनजीवन कष्टकर छ । सोही समयमा, उनका बुबा अशरफ घनीमाथि अफगानहरुलाई ठगी गरेर अरबौं रुपैयाँ लिएर फरार भएको आरोप लगाइएको छ ।

अशरफ घनी हाल संयुक्त अरब इमिरेट्स (युएई) मा छन् । उनीहरुले अफगानिस्तानको सरकारी कोषबाट २० अर्ब ८ करोड भन्दा धेरै रुपैयाँ चोरेर भागेका आरोप लागको छ । तर उनले आफूमाथि गलत आरोप लगाइएको जवाफ फर्काएका छन् । घनीका दुई सन्तान अमेरिकी नागरिक हुन् ।

घनीकी छोरी मरियम घनी न्यूयोर्कमा बस्छिन् । अमेरिकाको चर्चित अखबार न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार ४२ वर्षीया मरियम घनी ब्रुकलिनको क्लिन्टन हिलस्थित एक लक्जरी अपार्टमेन्टमा बस्छिन् ।

अशरफ घनीकी छोरी मरियम घनी अमेरिकाकी एक फिल्म निर्माता र दृश्य कलाकार हुन् । उनको जन्म र पालन पोषण अमेरिकामा भएको हो । उनी सामान्य अफगान महिलाहरु भन्दा धेरै फरक जीवन बिताउने गर्छिन् । उनी एक बोहेमियन जीवनशैलीमा रमाउने गरेकी छिन् ।

बोहेमियन जीवनशैली त्यस्तो जीवनशैलीलाई जनाउँछ, कलाकारहरु प्रायः बस्छन्, जो कला, साहित्य र बन्जारोपमा अधिक रुचि राख्छन् । बोहेमियन जीवनशैली भएका मानिसहरु धेरै समय एकै ठाउँमा बस्न मन पराउँदैनन् ।

रिर्पोटमा भनिएको छ कि मरियम घनी अफगानिस्तानको राजनीति र अफगान समाजको वर्तमान स्थितिको बारेमा धेरै रिसाएकी छिन् । तर उनी न्यूयोर्कमा आफ्नो जीवन बिताइरहेकी छिन् ।

बिहीबार मरियम घनी न्युयोर्कमा एक साथीसँग देखिएकी थिइन् । अर्कोतिर उनका बुबा अशरफ घनीमाथि १६९ लाख डलर अर्थात २० अर्ब ८ करोड भन्दा रुपैयाँ लिएर फरार भएको आरोप छ । न्युयोर्क पोस्टको रिपोर्ट अनुसार, मरियम घनी न्यूयोर्कमा वर्षौंदेखि बसोबास गरीरहेकी छिन् । अमेरिकामा उनको आफ्नै विलासी घर छ ।

सन् २०१५ मा न्यूयोर्क टाइम्सलाई दिएको एक अन्तर्वार्तामा उनले आफूलाई ब्रुकलिन क्लिच रूपमा चिनाएकी थिइन् । न्युयोर्क टाइम्सले आफ्नो रिपोर्टमा भन्यो कि मरियम घनीको घर जमिन देखि छत सम्म दराजले भरिएको छ । दराजमा उनले धेरै किताबहरु राख्ने गरेकी छिन् ।

अशरफ घनीकी छोरीको विलासी घरमा सिरियामा बनेको सिरानी, पिता अशरफ घनीले उपहार दिएको तुर्कमेनिस्तान गलैचा पनि राखिएको छ । अखबारले आफ्नो रिपोर्टमा दाबी गरेको छ कि अशरफ घनीकी छोरी मरियमको फ्रिजमा धेरै प्रेरक उद्धरणहरु (भनाईहरु) लेखिएको छ ।

उनको भान्सा पनि हेर्न लायक छ । न्युयोर्क पोस्टले दिएको जानकारी अनुसार मरियम घनीले अफगानिस्तानको वर्तमान स्थितिबारे टिप्पणी गर्न अस्वीकार गरेकी छिन् ।

न्यूयोर्क पोस्टले आफ्नो रिपोर्टमा यो पनि भनेको छ कि उनी अफगानिस्तानको वर्तमान स्थितिलाई निकै रिसाएकी छिन् । उनले अमेरिकीहरुबीच एक अभियान चलाइरहेकी छिन् । उनी अफगानिस्तानको वर्तमान स्थितिको बारेमा धेरै रिसाएको समाचारमा उल्लेख गरिएको छ ।

अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घनीले एक भिडियो सन्देशमा अफगानिस्तानको वर्तमान स्थितिप्रति आफ्नी छोरी धेरै रिसाएकी छिन् भनेका थिए । अशरफ घनीका अनुसार उनकी छोरी अमेरिकामा अफगानिस्तानको लागी लडिरहेकी छिन् ।

भर्खरै, अशरफ घनीकी छोरीले एउटा पोस्टमार्फत अफगानिस्तानका जनतालाई सहयोग गर्न चाहेको उल्लेख गरेकी थिइन् । अफगानस्तानका जनतालाई सहयोग गर्नका लागि आफुले सक्दो प्रयास गर्ने उनको भनाई रहेको थियो । त्यसका साथसाथै उनले अमेरिकामा अफगानिस्तानका विस्थापित मानिसहरुका लागि चन्दा माग्दै आएकी छिन् ।

रिपोर्टका अनुसार अशरफ घनीकी छोरी न्यूयोर्कमा बस्दै आएकी छन् । अशरफ घनीले दिएको जानकारी अनुसार उनकी छोरी कलाकारिताको माध्यमबाट तालिबानी शासनको विरोध गर्ने कोशिश गर्नेछिन् । उनी कलाको माध्यमबाट तालिबानबिरुद्ध अभियान चलाउनेछिन् ।

हामी तपाईंलाई बताउन चाहान्छौं कि अशरफ घनीकी छोरी मरियम घनी अमेरिकी शहर ब्रुकलिनमा जन्मेकी हुन् । उनले मेरील्याण्डमा बसेर अध्ययन गरीन् । आफ्नो पढाई पूरा गरेपछि, उनी कलामार्फत संसारमा परिचीत भइन् । उनको कला दुनियाभरका धेरै संग्रहालयहरुमा प्रदर्शित गरीएको छ । उनको गुगेनहाइम र मोमा लन्डनमा रहेको टेट आधुनिक र न्यूयोर्कसहित दुनिया भरका संग्रहालयहरुमा प्रदर्शन गरीएको थियो ।

अमेरिकामा जन्मेर हुर्केकी मरियम घनीले पहिलो पटक २००२ मा अफगानिस्तानको पहिलो यात्रा गरेकी थिइन् । सो समयमा उनले अफगानस्तानमा रहेको आफ्नो घर देख्ने मौका पनि पाइन् । त्यतिबेला उनको उमेर लगभग २४ बर्ष थियो । अशरफ घनी २००२ मा अफगानिस्तानको सरकारमा सामेल भएका थिए ।

त्यसपछि सन् २०१४ मा उनी पहिलो पटक अफगानिस्तानको राष्ट्रपति बन्न सफल भएका थिए । काबुलबाट भागेर युएई पुगेका घनीमाथि रसियाली दूतावासले गम्भीर आरोप लगाएको छ । दूतावासका अनुसार अशरफ घनी चारवटा कारमा १६९ लाख डलर भरेर हेलिकप्टरसहित भागेका थिए । तर, अशरफ घनीले बुधबार राष्ट्रपति भवन छोड्दा आफूसँग ठूलो रकम भएको भन्ने कुराको खण्डन गरेका छन् ।

२०७८ भाद्र ७, सोमबार १०:२८ 0 Minutes 158 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार