२०७९ असार १५
  • काठमाडौँ

मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपाली युवकको डिउटीमै अचानक मृत्यु

वैदेशिक रोजगारीमा मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपालीको मृत्यु भएको छ।

करिब दुई बर्ष पहिले मलेसियाको सिरा अल्फा नामक सेक्युरिटी कम्पनीसंग आवद्ध रहि इपो पेराक भन्ने ठाउँमा सुरक्षागार्डमा काम गर्दै आएका नेपाल  सुनसरी झुम्का निवासी ३० वर्षीय मनोज कुमार चौधरीको मृत्यु भएको हो ।

यो पनि
आफू सामान्य बिरामी भएको खबर कामले नेपालगन्ज गएका श्रीमानलाई पुर्‍याउछिन !,श्रीमानले गाउको मेडिकलमा उपचार गर्ने सल्लाह दिन्छन् !,निको नहुदा आफू यतै छु काखको बच्चा मात्र ल्याएर आउ यतै उपचार गरेर जाँउला भनी नेपालगन्ज बोलाउछन उनका श्रीमानले ! अब बाँच्ने आशा सहित उनी घरको सबै चाँजोपाँजो मिलाई एक दुधे बालक काखमा च्यापेर एक्लै नाइट बस चड्छिन उनी !

गाडीमा चिनेको मान्छे कोहि नहुदा काखको बालकलाई नै आफ्नो रात्रिकालिन यात्राको साथी अनि बिरामी अबस्थाको साहारा सम्झदै यात्रा गरिरहेकी हुन्छिन ! बिच बाटामा उनिलाइ उल्टि हुन्छ !,वरपरका सबै सिटका मान्छेहरु मस्त निद्रामा हुन्छन् ! उनी आत्तिन्छिन र काखको बच्चालाई ओल्टाइपल्टाई बिउझाउने कोसिस गर्दा पनि उ बिउझिदैन !,

उनलाई उकुसमुकुस हुन्छ र सोच्छिन कि बाटामा मलाई केही भैहाल्यो भने यो काखको छोरा.. ???फेरि बच्चालाई उठाउने कोशिश गर्दा गर्दै उनलाई अन्तिम अबस्थाले च्याप्दै जान्छ र अम्तिम तागतले बच्चालाई दूध चुसाउदै भोलि बिहान सम्म बाँच्न सकु र काखको छोरालाई बुबाको जिम्मा लगाउन पाउ भन्ने कामना सहित छटपटाउदा छटपटाउदै आफू सधैको लागि निदाउछिन !

बच्चा रुन थाल्छ र आसपासका सिटका मान्छेहरु बिउझेर उनलाई उठाउन खोज्दा उनी सधैको लागि निदाइसकेकी हुन्छिन !सबैले बच्चा नराम्रोसँग चिच्याएको देखेर उनलाई बोलाउन खोज्छन्, बोलाउँ छन् तर उनी निदाइरहेकी हुन्छिन्।नजिकै गएर बोलाउँदा समेत नबोलेपछी मानिसहरू जान्छन् तर उनी कहिले नब्युँझिने गरि चीर निद्रामा पुगिसकेकी हुन्छिन्।

२०७८ भाद्र ६, आईतवार ००:३२ 0 Minutes 439 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार