२०७९ श्रावण ३१
  • काठमाडौँ

टिकटक र पब्जी तथा फ्रि–फायरमा प्रतिबन्ध लगाउन सर्वोच्च अदालतको आदेश

काठमाडौं । भिडियो सेयरिङ एप टिकटक र मोबाइल गेम पब्जी तथा फ्रि–फायरमा प्रतिब`न्ध लगाउन बंगलादेशको सर्वोच्च अदा`लतले त्यहाँको सरकारलाई आदेश दिएको छ ।

बालबालिकाको मानसिक स्वास्थ्यमा अ`सर पार्ने किसिमका अनलाईन गेम र एपहरु तत्काल प्रतिब`न्ध गर्न अदालतले आदेश दिएको हो ।अदालतले यस्ता गेम र एपमाथि प्रतिब`न्ध नलगाउनुको कारण १० दिन भित्र पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ ।

डेली स्टार (बंगलादेशी पत्रिका) को रिपोर्ट अनुसार यस्ता एपमाथि प्रतिब`न्ध माग गर्दे परेको रि`टमा सुनुवाई गर्दै न्या`यधीश मोजिबुर रहमान मिया र न्या`यधीश कमरुल हुसेन मोल्लाह सहितको बेञ्चले यस्तो आदेश दिएको हो ।

युवा र बालबालिकाको मानसिक स्वास्थ्यमा अस`र पार्ने एपमाथि प्रतिब,न्ध लगाउनको लागि सिफारिस गर्ने गरी प्रविधि विज्ञ, शिक्षाविद् र अधिवक्ताहरुको समिति गठन गर्न बंगलादेशी बंगलादेश टेलिकम्युनिकेसन एण्ड रेगुलेसन कमिसन (बीटीआरसी) लाई आदेश दिनको लागि पनि रि,ट निवेदकहरुले माग गरेका छन् ।

बंगलादेशमा यस्तो समाचार आएको यो पहिलो पटक भने होइन । यस अघि पनि गत जुनमा बंगलादेशमा पब्जी मोबाइल र फ्रि–फायर प्रतिब,न्धको खबरले सनसनी मच्चा,एको थियो । बंगलादेशमा मोबाइल गेम पछिल्लो समय निकै लोकप्रिय छन् । यस्ता गेमहरु खेलाडि र कन्टेन्ट क्रियकटरको लागि पेशको रुपमा स्थापित हुँदै आएको एक रिपोर्टमा जनाइएको छ । ताजा खबर बाट

२०७८ भाद्र ५, शनिबार १२:३२ 0 Minutes 217 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।