
दुनियाँको एक कहालीलाग्दो मृत्युले अत्यन्तै भावुक बनायो :-
आफू सामान्य बिरामी भएको खबर कामले नेपालगन्ज गएका श्रीमानलाई पुर्याउछिन !
,श्रीमानले गाउको मेडिकलमा उपचार गर्ने सल्लाह दिन्छन् !,निको नहुदा आफू यतै छु काखको बच्चा मात्र ल्याएर आउ यतै उपचार गरेर जाँउला भनी नेपालगन्ज बोलाउछन उनका श्रीमानले !
अब बाँच्ने आशा सहित उनी घरको सबै चाँजोपाँजो मिलाई एक दुधे बालक काखमा च्यापेर एक्लै नाइट बस चड्छिन उनी ! गाडीमा चिनेको मान्छे कोहि नहुदा काखको बालकलाई नै आफ्नो रात्रिकालिन यात्राको साथी अनि बिरामी अबस्थाको साहारा सम्झदै यात्रा गरिरहेकी हुन्छिन !
बिच बाटामा उनिलाइ उल्टि हुन्छ !,वरपरका सबै सिटका मान्छेहरु मस्त निद्रामा हुन्छन् ! उनी आत्तिन्छिन र काखको बच्चालाई ओ’ल्टा’इ’प’ल्टा’ई बिउझाउने कोसिस गर्दा पनि उ बिउझिदैन !,उनलाई उकुस’मुकुस हुन्छ र सोच्छिन कि बाटामा मलाई केही भैहाल्यो भने यो काखको छोरा..
फेरि बच्चालाई उठाउने कोशिश गर्दा गर्दै उनलाई अन्तिम अबस्थाले च्याप्दै जान्छ र अम्तिम तागतले बच्चालाई दूध चुसाउदै भोलि बिहान सम्म बाँच्न सकु र काखको छोरालाई बुबाको जिम्मा लगाउन पाउ भन्ने कामना सहित छटपटाउदा छटपटाउदै आफू सधैको लागि निदाउछिन ! बच्चा रुन थाल्छ र आसपासका सिटका मान्छेहरु बिउझेर उनलाई उठाउन खोज्दा उनी सधैको लागि निदाइसकेकी हुन्छिन !