२०७९ असार १४
  • काठमाडौँ

रुकुममा साथीहरु सँग घुम्न गएका दाजुभाईकाे तालमा डुबेर मृत्यु

रुकुम पश्चिममा पाैडी खेल्ने क्रममा डुबेर एकै घरका दुई दाजुभाइको मृत्यु भएकाे छ ।

शुक्रबार दिउँसो मुसीकोट नगरपालिका वडा नम्बर ७ ठुली दहमा पौडि खेल्ने क्रममा एकै घरका दुई दाजुभाइकाे मृत्यु भएकाे हाे ।

मृत्यु हुनेमा मुसीकोट नगरपालिका वडा नम्बर १ सल्लेका भिमबहादुर थापा र प्रेम थापा रहेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे छ । भिमबहादुर दाइ र प्रेम भाइ हुन् ।

दहमा पौडि खेल्ने क्रममा उनिहरु बेपत्ता भएका थिए । बेपत्ता भएपछि अस्थायी प्रहरी चौकि साख र जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमको टाेलिले खाेजी गरिएको थियो ।

खोजी कार्य गरेको केही घण्टामै उनिहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जनाएकाे ज ।

शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले लगिएकाे छ । साथीहरु सँग घुम्न गएका उनिहरु पाैडि खेल्न दहमा पसेको प्रहरीले जनाएको छ । लेकाली अनलाइन बाट

२०७८ भाद्र ४, शुक्रबार १५:२२ 0 Minutes 251 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार