२०७९ भाद्र १
  • काठमाडौँ

छोराको विवाह गर्न पुगेका बुवा सम्धीनी लिएर फरार

ऐजेन्सी ।भारतको गुजरातमा भएको एक घटनाले त्यहाँका मानिसहरु अचम्ममा परेका छन् । सो घटनाले प्रेम अन्धो हुन्छ भन्ने हरफलाई सत्य सावित गरेको छ ।

विवाहका लागि केटा पक्ष र केटी पक्ष दुवै राजीखुशी थिए तर अचम्मत तब भयो जब दुलाहाका बुबा र दुलहीकी आमा बेपत्ता भए । विवाहको एक हप्ता अगाडिनै दुलाहाका बुबाले सम्धीनी भगाएपछि उनीहरुको बिहे स्थगित भएको छ । बेहुलाका ४८ वर्षीय बुबा व्यापारी हुन् भने बेहुलीकी ४६ वर्षीया आमा राजनीतिक पार्टीकी कार्यकर्ता हुन् ।

पुस २५ गते भागेका उनीहरुले बाल्यकालदेखिनै छिमेकीको रुपमा एक अर्कालाई चिनेका थिए । बुबा सुरतको कतरगाम क्षेत्रबाट हराए भने आमा गुजरातको नवसारीमा आफ्नै घरबाट हराइन् । दुवै जना बेपत्ता भएपति परिवारले प्रहरीसमक्ष उजुरी दिएको भारतीय सञ्चामाध्यमले जनाएको छ ।

घटना फैलिएपछि एक नातेदारले उनीहरुले बाल्यकालदखिनै एक अर्कालाई चिनेको कुरा बाहिर ल्याएका छन् । एउटै टोलमा बस्ने हुनाले उनीहरू सानैदेखि मायामा परेको समेत खुलेको छ ।विवाहपछि पनि सम्बन्ध रहेकाले उनीहरू भागेको हुनसक्ने साथीहरूले बताएका छन् ।

यो पनि गर्लफ्रेण्ड जुराइदिनेलाई ३० करोड पुरस्कार

काठमाडौं । अमेरिकाका एक धनाढ्य व्यवसायी अहिले गर्लफ्रेण्डको खोजीमा छन् । त्यसका लागि उनले एउटा डेटिङ वेबसाइट पनि सुरु गरेका छन् ।

गर्लफ्रेण्डको खोजीका लागि सुरु गरेको वेबसाइटमा उनले पुरस्कार राशीको घोषणा पनि गरेका छन् । जसले उनका लागि गर्लफ्रेण्ड खोजिदिन्छ उसले २५ हजार डलर अर्थात् झण्डै ३० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

गर्लफ्रेण्डको खोजीमा रहेका ती धनाढ्यको नाम हो जेफ गेबहार्ट । परम्परागत डेटिङबाट उनी थाकिसकेका छन् भने अनलाइन डेटिङमा पनि उनको मन छैन । उनी अहिले यस्ती प्रेमिकाको खोजीमा छन् जसले उनका हरेक राम्रा तथा नराम्रा पक्षहरू स्वीकार गरी प्रेम गरुन् । त्यसका लागि उनले आफ्नै वेबसाइटसँगै पुरस्कार राशीको पनि घोषणा गरेर प्रेमिका खोजी अभियान सुरु गरेका छन्

आफू निकै सपोर्टिभ हुनुका साथै खुल्ला मनयुक्त रहेको अनि दयालु र हँसीमजाक गरिरहनुपर्ने खालको मानिस रहेको उनी दाबी गर्दछन् । आफ्नो लाइफ पार्टनर पनि आफूजस्तै हुनेछ भन्ने विश्वास उनलाई छ ।

आफ्नो हुनेवाला पार्टनर आत्मविश्वासी तथा मस्ती मजाक गर्नेवाला हुनुपर्ने शर्त उनको छ । आफूसँग सजिलै जीवन बिताउन सक्ने र उनको रुचिको ख्याल गर्दै हाँसीखुसी आफ्नो जीण्वन बिताउन सक्ने खालको प्रेमिका उनले खोजेका छन् ।

यद्यपि, जेफको अनलाइनमा गएर प्रेमिकाको लागि आवेदन गर्न सजिलो भने छैन । यसका लागि एउटा अनलाइन सर्भे नै पूरा गर्नुपर्दछ ।उनको वेबसाइमा भर्नुपर्ने अनलाइन सर्भेक्षणको डिजाइन एक क्लिनिकल मनोवैज्ञानिकले गरेका हुन् ।

त्यसैले त्यसरी सर्भेक्षणमा भाग लिएका आवेदक केटीहरूको जवाफहरू हेर्दैमा उनले ती केटीहरू आफ्नो लागि मिल्दो जोडी बन्न सक्दछन् कि सक्दैनन् रु भन्ने कुरा सहजै पत्ता लगाउन सक्दछन् । यदि मिल्नेजस्तो देखियो भने मात्र प्रक्रिया अघि बढ्नेछ । –
एजेन्सीको सहयोगमा

२०७८ भाद्र ३, बिहीबार १६:३५ 0 Minutes 235 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।