२०७९ श्रावण २६
  • काठमाडौँ

बरु राजा भैदिएको भए स्वतन्त्रता नपाए पनि देश बिकास त हुन्थ्यो कि ?

प्रचण्डको नेतृत्वमा भएको १० बर्षे सशस्त्र जनआन्दोलन सहि थियो भने, ज्ञानेन्द्रको शाशन चै कसरी गलत होला? राजा नै चाहिन्छ भन्ने आसय त मेरो हैन, तर अहिलेका गणतन्त्रबादिले राजालाई हत्यारा(भाइमाराको ट्याग लगाई दिएको छन,) यदि साच्चै हत्यारा हुन भने, गणतान्त्रिक मुलुकमा बहुमतको सरकारले छानबिन गर्न नसक्नु, नारायणहिटीमा राजाले पिसाब फेर्दा गणतन्त्रबादिको चुलोमा भेल बग्नु ले , त्यो सबै झुट आरोप लगाएको रहेछ!

राजालाई भन्ने ठाउँ धेरै दिन्छ,हर शाशन कालमा प्रत्येक शाशक बाट कमजोरी हुन्छ,भएको छन, ज्ञानेन्द्रको कमजोरी पनि थिए, राजतन्त्रको समयमा , अहिले जनताको सरकार भनेर नेतृत्व गर्नेबाट चै कमजोरी भएको नै छैन त?
हिजो जनताको भावना राजाले बुझ्न सकेनन् भनेर राजतन्त्र फाकियो, के अहिले चै जनताको भावना बुझियो त? हिजो राजतन्त्र रहदै गर्दा यो देशको ओैद्यौगिक वृद्धिदर १६ पुगिसकेको थियो !,

त्यसपछि क्रमश देशमा सत्ता परिवर्तन हुदै गर्दा, बम बारुद पट्कियो, म मान्छु कुनै पनि दन्दमा जनधनको क्षति हुन्छ, तर जब शान्तिको बाटोमा बिद्रोहि फर्कन्छ, सत्ता सम्हाल्छ, त्यसपछि , जति जनयुद्धमा क्षति भयो , त्यति मात्रै भए पनि बिकाश भयो त?

अहिले स्वतन्त्रता छ भन्छन् साथीहरू , स्वतन्त्रता पाउन, राज्य बाट सेवा पाउन, पार्टीको झोला नबोक्नेले पाएको छन त? भोलि देशको शाशन कसले गर्छ त्यो त थाहा भएन, तर राजाले सत्ता मागेको छैनन् तर पनि गणतन्त्रबादि हरु आत्तिएका देख्दा अचम्म भने चै पक्कै छ, राजा लाई राजाको सम्मान दिदा कम्युनिस्टको के जान्छ , हर देशमा राजा थिए,र अहिले पनि छन,तर त्यहा राजालाई सम्मान दिएर राखेको छन,,

राजा आउ देश बचाउ त भन्न सकिदैन , तर राजा पनि यो देशको नागरिक हुन, यदि उनले संबिधान मानेर जनताको बिचमा जान्छन् भने, र निरङ्कुश तिर नगई जनताको भावना समेट्छन भने, राजालाई पनि प्रतक्ष्य कार्यकारी प्रणालीमा सहभागी गरौ, जनताले जसलाई छान्छन उसैले नेतृत्व गर्छ,,कि कम्युनिस्टले मात्रै देश चलाउनुपर्छ भन्ने छ र?

जनयुद्धमा , पड्किएका बारुदको आवाज नसुनेको हैन सुनियो , केही मात्रामा पहुच हुने हरुको जीवन शैली फेरियो, तर जनता उस्तै छन, अहिले त नचाहादा नचाहादै,पनि मनमा सोच्ने गर्छु, अहिलेको यतिका धेरै ठुटे राजालाई पाल्नु भन्दा एउटा राजा पाल्नु उचित हुने रहेछ, गणतन्त्रबादिले मैले यति मान्छे मारे भन्दै हिडेको देख्दा, यदि मारेको नै भए पनि राजाले १ परिवार( त्यो पनि पुष्टि गर्न सकेको छैनन् ) अनि हजारौं मार्नेलाई जनताले माफि दिने,काधमा बोक्ने अनि आरोप लागेको लाई चै देशको नागरिक हो भन्न समेत नसक्ने?
,
बरु राजा भैदिएको भए स्वतन्त्रता नपाए पनि देश बिकास त हुन्थ्यो कि? नेपालको इतिहास हेर्दा, राणा र राजाको पालामा जति बिकाश भएको छ, त्यति नै त छ, अनि त्यहि राजाले जोगाइ दिएको देशमा बसेर, त्यहि राजाले बनाई दिएको सडकमा गाडि चढेर, त्यहि राजाले बनाएको भवनमा बसेर, गणतन्त्रको पाठ पढ्दै गर्दा, त्यहि राजालाई हेला गर्नु कतिको उचित हुन्छ? सबैलाई समेटेर लैजान सकियो भने मात्रै सम्भावना छ परिवर्तनको, नत्र , यस्तै हो भने, ।।

राजाबादि हो रहेछ चै नभनौ है, जस्तो देखिन्छ , त्यस्तै बोलिन्छ, गणतन्त्रको लागि प्राणको आहुति दिनेमा मेरो आफ्ना पनि थिए, तर साच्चै विपन्न वर्गको लागि आभास भएन,र गर्न पाएको छैनौ,, gangaa subedi ले लेख्नु हुन्छ!

२०७८ भाद्र २, बुधबार १९:३१ 1 Minute 377 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।