
काठमाडौं, साउन ३२ – म्युजिक भिडियो छायाँकन लागि कलाकार तथा प्राविधिक बोकेर पोखरा गएको गाडी दुर्घटनामा परेको छ । भिडियो छायाँकन गरेर पोखराबाट काठमाडौँ फर्किने क्रममा उक्त गाडी गएराति धादिङको गजुरीमा दु’र्घ’ट’ना’मा प’रे’को हो ।
राति २ बजे बा ३ ख ४०१४ नम्बरको गाडी र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सोलुखुम्बुको महाकुलुङ–३ की २७ वर्षीया रेनुका कुलुङ राईको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । निर्देशक परिपुलुङ राईको बहिनी हुन रेनुका ।
मृतक कुलुङ नेकपा माओवादी (केन्द्र) निकट वाईसियल नेपाल सोलुखुम्बु जिल्ला समितिको सदस्य तथा अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पस समितिको पुर्व सदस्य समेत हुन ।
दु’र्घ’ट’ना’मा परेका मध्य घा’इते हुनेमा क्यामरा पर्सन दिर्घ गुरुङ, बिनोद लामा, श्याम तामाङ, नारायण गुरुङ, रमेश सुनुवार, दीपेन्द्र थपलिया, महेन्द्र लामा लगायत रहेका छन् । जसको ट्रमा सेन्टरमा उपचार भइरहेको अध्यक्ष लामाले बताए । निर्देशक परिपुलुङ राईको पोखराको एक अस्पतालमा उपचार भइरहेको छ ।
उक्त दुर्घटनामा सुटिङ गाडीका चालक विजय पनि ग’म्भिर घा’इते भएका छन् । उनको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दु’र्घ’ट’ना’मा परेका दुबै गाडी भने गजुरी प्रहरीले निय’न्त्रणमा लिएको छ । Nuwakot express बाट