२०७९ भाद्र १
  • काठमाडौँ

को’रोना महामारीमा आमाबाबु गुमाएकी १६ वर्षीया पाठकले परीक्षामा ९९.८ प्रतिशत अङ्क ल्याइन

एजेन्सी। भारतमा को’रो ना महामारीमा आमाबाबु गुमाएकी किशोरीले उत्कृष्ट नतिजा ल्याएकी छिन्।

भारतको मध्यप्रदेशको भोपाल निवासी १६ वर्षीया वनिशा पाठकले सीबीएसईको परीक्षामा ९९.८ प्रतिशत अङ्क ल्याएर अग्रस्थान बनाएकी हुन् ।उनले आफ्ना बाबुआमाको सपना साकार पार्न जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न

आफू तयार रहेको बताएकी छिन्। उनका १० वर्षीयको भाइ पनि छन्।वनिशा आफ्नो भाइको लागि संघर्ष गर्न तयार छिन्। उनको सफलतामा नेता र शिक्षकहरु खुसी भएको बताउदै आफ्नो आमा बुवाको कमि रहयो जुन कहिले पनि पूरा नहुने पीडा व्यक्त गरेकी भिडियो बीबीसीमा छ ।

यो पनि, क्यामरुनी खेलाडी राफायल थ्री स्टारमा : ए डिभिजन क्लब थ्री स्टारले क्यामरुनी खेलाडी राफायल बिडीएस रिमलाई अनुबन्ध गरेको छ । नयाँ सिजनको ए डिभिजन लिगका लागि पाटने क्लब थ्रीस्टारले राफायललाई

विदेशी खेला डीको कोटामा अनुबन्ध गरेको हो । थ्री स्टारले यी २५ वर्षीय डिफेन्सिभ मिडफिल्डरसंग एक वर्षको लागि सम्झौता गरिएको जनाएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिग आगामी कात्तिक २९ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।

त्यसैका लागि थ्री स्टारले पनि खेलाडीको सम्झौता नवीकरण गर्नेदेखि अनुबन्ध प्रक्रिया जारी राखेको छ । अफ्रिकन रुट्स एसोसिएसन बाट नेपालमा मोफसलका विभिन्न गोल्डकप खेलेको राफायले बैशाख-जेठमा भएको नेपाल सुपर लिग फुटबल (एनएसएल)

पोखरा थण्डर्सबाट खेलेका थिए । थ्री स्टारले कप्तान विक्रम लामासहित अनन्त तामाङ, सन्जोग राई र निशान खड्काको सम्झौता नवीकरण गरिसकेको छ भने मिडफिल्डर आयुश घलान र डोना थापालाई पनि अनुबन्ध गरेको छ ।

२०७८ भाद्र १, मंगलवार १६:०९ 1 Minute 169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।