२०७९ मंसिर १५
  • काठमाडौँ

घर नजिकै पोलमा अजिङ्गरले चिल निल्दै गरेको भिडियो भाइरल (भिडियोसहित)

एजेन्सी : सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ । अस्ट्रेलियाको एक घर नजिक पोलमा अजिङ्गरले चिल निल्दै गरेको भिडियो भाइरल भएको हो ।

अस्ट्रेलियाको एक घर नजिकै पोलमा अजिङ्गरले चिल निल्दै गरेको भिडियो भाइरल भएपछि धेरैले रुचाएका छन् । शेयर पनि गरिरहेका छन् ।

घटनास्थलमै घर भएकी महिलाले आफ्नो कुकुरलाई आहार दिने क्रममा त्यो दृश्य देखेर भिडियो खिच्न सफल भएको बताएकी छन् ।

चिललाई आफ्नो चपेटमा पार्न अजिङ्गरलाई करिब डेढ घण्टा समय लागेको उक्त महिलाले जनाएकी छिन् । उनले भिडियोका दृश्य सबै प्रकृतिक रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेकी हुन् ।

भिडियो राखेको करिब २० घण्टामै ५२ हजारले हेरेका थिए ।
हेर्नुहोस तलको भिडियोमा :-

२०७८ भाद्र १, मंगलवार १३:२३ 1 Minute 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।