
अगस्ट १४ तारिख। चिनियाँको प्रेम दिवस। तर, चिनियाँ प्रेम दिवसको तिथिमिति थापा पाउन चिनियाँ लुनार पात्रो हेर्नुपर्ने हुन्छ। चिनियाँहरू घरेलु प्रेम दिवस पनि मनाउँछन् र बाह्य जगतको प्रेम दिवसमा पनि रमाउँछन्।
यसपटक भने अगस्ट १४ तारिख चिनियाँ प्रेम दिवस परेको छ। प्रेम दिवसकै सन्दर्भमा विश्वका एकजना शक्तिशाली नेता तथा चिनियाँ राष्ट्रपति सी चिनफिङको प्रेम कहानी कस्तो छ, हामीले सोधखोज गरेका छौं।
मान्छेहरूलाई लाग्दाे हाे, चीनका राष्ट्रिय दम्पती राष्ट्रपति सी चिनफिङ र श्रीमती फङ ली युआनको प्रेम कहानी उतारचढावयुक्त होला। तर, यिनीहरूको प्रेमकथा बाहिर सोचिएको जस्तो छैन।
चिनियाँ राजनीतिमा यिनीहरू सक्रिय पात्र हुन् भने मायाप्रेमको दुनियाँ र देशसेवाको भूमिका यिनीहरूले कसरी निर्वाह गरिरहेका होलान् भन्ने पाटो भने सबैका लागि चासोको विषय हो। चीनका राष्ट्रपति सी चिनफिङ र श्रीमती फङ ली युआनको प्रेमकथा यसरी सुरू हुन्छ-
राजनीतिक पृष्ठभूमिबाट आएका सी चिनफिङलाई डुबिरहने फुर्सद हुन्थेन। उनले निकै कठोर परीक्षाहरू पार गरेर राजनीतिमा प्रवेश पाएका हुन्। जब कि संसारका धेरैजसो देशमा बाउआमा जुन क्षेत्रमा थिए, सन्तानले पनि सजिलै प्रवेश पाउँछन्। तर, उपप्रधानमन्त्री सी चोङस्विनका छोरा भएर पनि सी चिनफिङले आफ्नै बलबुँताले राजनीतिमा पाइला चालेका हुन्।
राजनीतिक संघर्षका कारण विश्वका विभिन्न देशका नेताहरूले बिहे गर्ने फुर्सद नपाएको भन्ने कुराहरू सुनिन्छ। तर, सी चिनफिङले अन्ततः सन् १९८७ को सेप्टेम्बरमा विवाह गरिछाडे। व्यस्तता, अभाव वा सामाजिक अनुशासनका कारण भव्य वैवाहिक समारोह गर्न नपाए पनि सामान्य सहकर्मी र साथीलाई भोज खुवाएर उनीहरूको विवाह गरिएको थियो। बाँकि तलको भिडियो रिपोर्टमा हेर्नुहोस
ताजाखबर बाट