२०७९ असार १८
  • काठमाडौँ

अफगान युद्धमा सम्झनै पर्ने ति गोर्खा सैनिक: जसले ३० जना तालिवानलाई एक्लैले ठहरै पारेका थिए

२०१० को सेप्टेम्बरको महिना थियो । एक गोर्खा सैनिकले एक्लै तीसभन्दा बढी तालिबानी परास्त गरेर आफ्नो पोष्ट जोगाएका थिए ।

यसै कामको प्रशंसा स्वरूप बेलायती महारानीबाट कन्स्पीक्यूअस ग्यालेन्ट्री क्रस अवार्ड पाएका थिए। उनी हुन् दिपप्रसाद पुन। त्यतिबेला ३१ वर्षीय पुनको चेकपोष्टमा जब एक हुल तालिबानीहरुले आ’क्र’मण गरे, उनलाई अब म पक्का मर्छु भन्ने लागेको थियो।

मर्ने नै भइसकेपछि अब गुमाउनु केही छैन भन्दै उनले तत्काल जाइलाग्ने निर्णय गरे। त्यसैको प्रतिफलमा उनलाई बेलायतको महारानीले भिक्टोरिया क्रसभन्दा केवल एक दर्जा मुनीको यो अवार्ड प्रदान गरेकी थिइन्।

भिक्टोरिया क्रस बेलायतमा दुश्मनविरु’द्धको मुकाविलामा बहादुरी देखाउनेहरुले पाउने सर्वाधिक महत्वको पुरस्कार हो। उनका आफ्नै हजुरबुबा तुलबहादुर पनले दोस्रो विश्व यु’द्वमा बहादुरी देखाएवापत भिक्टोरिया क्रस पाएका थिए। रोयल गुर्खा राइफल्स को पहिलो बटालियनमा कार्यरत कारपोरल

पुनलाई बकिंघम दरबारमा एक विशेष समारोहका बीच त्यतिबेला यो अवार्ड दिइएको थियो। यो समारोह मलाई पछिसम्मकै निम्ति गौरवशाली घ’ट’ना भएको छ, थुप्रै भिक्टोरिया क्रस पाउने बहादुरहरूको मुलुकबाट पुगेका पछिल्ला पुस्ता पुनले त्यतिखेर भनेका थिए।

सन् २०१० को सेप्टेम्बर महिनामा दक्षिणी अफगानिस्तानको हेलमन्ड राज्यस्थित बाबाजी नजिकै उनले सम्हालेको चौ’की बचाउन पुनले एक्लै चारसय पटक गो’ली चलाएका थिए भने १७ वटा ग्रिनेड प्रयोग गरेका थिए, त्यसैगरी एउटा धरापको समेत प्रयोग गरेर तालिबानी आ’क्र’म’ण’कारीको पन्छाएका थिए।

आफूसँग भएका वि’ष्फो’टकहरू सबै सकिएपछि पनि उनले हार खाएनन्। पर्खाल चढ्न खोजिरहेको एक तालिबानीलाई उनले मेशिनगनको कुन्दाले हिर्काएरै ठहरै बनाइदिए। त्यो बेला म आँत्तिएको थिइनँ, किनभने मसँग लड्नुबाहेक त्योबेला केही कुरा सोच्ने पनि विकल्प थिएन, उनी भन्दै थिए, चारैतिरबाट तालिवानले म एक्लोलाई घे’रा’ब’न्दी गरेको थियो।

त्यतिबेला यति धेरै तालिबान थिए कि उनलाई अब मर्नै छ भन्ने पक्का भइसकेको थियो। त्यसैले उनीहरुले मलाई मार्नुभन्दा पहिले जतिलाई सक्छु म मारिदिन्छु भनेर एकोहोरो लडिरहेँ, उनले भने, मैले दु’श्मनको सफायाबाहेक केहि सोचिनँ।

आफू सुरक्षित रहेको महसुस गरिरहेका बेला अचानक यो अवस्था आएको थियो। तर, म भयभीत भइनँ, पुन भन्छन्, तालिवानसँग हाम्रो आमनेसामने भएर लड्ने हिम्मत छैन। सेनाको कारपोरल पदमा भए पनि त्यतिखेर कार्यवाहक सर्जेन्टका रुपमा खटिएका पुनले एउटा सानो आधार शिविरको सेन्ट्री बसिरहेकै बेला सुरुमा केही अनौठो आवाज सुनेपछि सतर्कता अपनाएका थिए।

सुरूमा त उनलाई कुनै गधा वा गाईले त्यस्तो आवाज उत्पन्न गरेको होला भन्ने लागेको थियो। तर, जब उनी खोज्दै निस्के त्यहाँ त दुई जना आ’तं’क’वा’दीले चेकपोष्ट अगाडिकै ढोका छेउमा खाल्डो खन्दै वि’ष्फो’टक हाल्न खोजिरहेको पो देखे।

उनलाई आफू चारैतिरबाट तालिबानको घे’रा’ब’न्दीमा परिसकेको महसुस भयो। तालिबानहरु अब पूर्वनिर्धारित योजनाअनुसार आफूले सुरक्षा गरिरहेको परिसर कुल्चँदैछन् भन्ने उनलाई लाग्यो। लगत्तै दुश्मनले चारैतिरबाट फायर खोले। केही मिनेटअघि मात्र सेना बसिरहेको सेन्ट्रीलाई ध्वस्तै बनाए।

१५ मिनेटभन्दा बढी लगातार उताबाट आइरहेको ग्रिनेड र एके ४७ का प्र’हा’रहरुलाई उनले छानामाथि एक्लै बसेर जवाफी हमला गर्दै बेसको रक्षा गरिरहे।

अधिकांश हमलाकारीहरू उनीभन्दा केवल ५० फिट दुरीमा थिए। तर, त्यति नै बेला उनी फनक्क घुम्दा एउटा विशाल तालिवानीले झण्डै उनलाई छोपिसकेका रहेछन्। यसरी पछाडिबाट हमला हुनै लागेको रहेछ। उनले तुरून्तै मेशिनगन उठाए र त्यस विशाल तालिवानीलाई छानाबाट लड्ने बेलासम्म लगातार गोली हिर्काइरहे।

त्यतिन्जेल उनी बसेको स्थानमा अर्को आ’तं’क’वादी उक्लनै थालिसकेको थियो। पुनले आफूसँग भएको एसए ८० राइफल उठाएर चलाउन खोजे। तर, त्यो बन्दुकले कामै गरेन। या त त्यसमा गो’ली थिएन वा जाम भएको थियो।

पुनले आफूसँग भएको सम्पूर्ण वि’ष्फो’टक प्रयोग गरिसकेका थिए। अब प्र’हार गर्नलाई केही बचेको थिएन। उता दुई जनाले अझै आ’क्र’म’ण गर्दै थिए। यस्तो अवस्थामा उनले क्लेमोर माइन (धराप) राख्न सुरू गरे। ठीक त्यतिबेलै उनको कम्पनी कमाण्डर मेजर सउन च्याण्डलर आइपुगे।

उनको काँधमा थप्थपाउँदै अवस्था बारे जानकारी मागे। यो अवधिभर उनले मेशिनगनले २ सय ५० फायर, एसए ८० राइफलले एक सय ८० फायर, छ वटा फस्फोरस ग्रिनेड, छ वटा सामान्य ग्रिनेड, पाँचवटा ग्रिनेड लन्चर र एउटा क्लेमोर माइन प्रयोग गरिसकेका थिए। एसेन्जीको सहयोग बाट

२०७८ श्रावण ३२, सोमबार १६:४२ 0 Minutes 267 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।