२०७९ असार १४
  • काठमाडौँ

विज्ञप्ती नै निकालेर तालिवानहरुले भने : आफ्नो देश फर्किन चाहने विदेशीलाई जान दिन्छौं

काठमाडौं ३१ साउन । अफगानिस्तानको राजधानी काबलु प्रवेश गरेको विद्रोही संगठन तालिबानले स्वदेश फर्किन चाहनेलाई विदेशीलाई जान दिने बताएको छ । राजधानी काबुल प्रवेश गरेसँगै पहिलो पटक विज्ञप्ती नै निकालेर तालिवानहरुले आफ्नो मुलुक फर्किन चाहनेलाई जान दिने बताएको हो ।

अमेरिकाले आफ्नो नागरिक फिर्ता ल्याउन पाँच हजार सैनिक काबुल पठाएको छ भने अन्य देशले पनि आफ्ना नागरिकलाई स्वदेश फर्काउन थालेको छ । तालिवान जितको खुसीयाली मनाउन गोलीबारी नगर्न समेत आफ्ना लडाकुहरुलाई निर्देशन दिएको छ ।

१० दिनको अवधिमा तालिवाले अफगानिस्थानका सबै शहर कब्जा गरिसकेपछि आज काबु्ल प्रवेश गरेको हो । जारी गरेको विज्ञप्ती मार्फत विमानस्थल र अस्पताल सञ्चालन गर्न दिने र अत्यावश्यक सेवामा कुनै रोक नलगाइने तालिवानले जनाएको छ ।

काबुलमा लडाकु प्रवेश गरेसँगै अफगानिस्तानका गृहमन्त्रीले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणको लागि वार्ता भइरहेको पनि जनाएका छन् ।

२०७८ श्रावण ३१, आईतवार २३:४९ 0 Minutes 145 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार