
काठमाडौं, साउन ३१ । बिहीबार सामाजिक सञ्जाल ‘टिकटक’मा अपलोड भएको एउटा भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ।
आईतबार बिहानसम्म पाँच लाख तीन हजार हजार बढीले हेरिसकेको टिकटकमा भनिएको छ, ‘साच्चै आत्महत्या गर्नेहरुका गजल यस्ता हुन्छन् होला हगी–एक मुठी सास छ त्यही नि त्याग्न मन लाग्छ, यो संसार चटक्कै छोडेर भाग्न मन लाग्छ।’
त्यो टिकटक अपलोड गर्ने युवती हुन्, धनगढी उपमहानगरपालिका वडा नम्बर २ की २० वर्षीया रुपा शर्मा। पग्ली डट एम सेभेन नामक टिकटक आईडीबाट अपलोड भएको डेढ घण्टामै रुपाले देहत्याग गरेकी थिईन। मृत्युपछि रुपाले बनाएको टिकटक अहिले भाइरल भइरहेको छ। भाइरल भिडियो !सूचना केन्द्र बाट
२०७८ श्रावण ३१, आईतवार ०९:४४
0 Minutes
208 Views