२०७९ श्रावण २६
  • काठमाडौँ

बाढीले बगाएर एकै घरका तीनको मृ`त्यु

कर्णाली । अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा जुम्ला ताम्ती गाउँका एक बालकसहित एकै घरका तीन जनाको मृ`त्यु भएको छ ।

मृत्यु हुनेमा तातोपानी गाउँपालिका–७ ताम्ती जुम्लाका १० वर्षीय बालक सन्देश रावत, आमा ३५ वर्षीय जैसरा रावत र उनका जेठाजु ६० वर्षीय बिर्खे रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

सोही वडाको पाटनमा सेतक चिनी जडिबुटी को`रेर घर फर्कने क्रममा बिहीबार बेलुका दुनेखोलामा आएको बा`ढीले बगा`एर उनीहरूको मृ`त्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

उहाँका अनुसार फोन सम्पर्क नहुँदा घ`टनाको खबर ढि`ला आएको र ताम्ती पाटन पुग्न सदरमुकाम जुम्लाबाट करिब ४० किलोमिटर टाढा भएकाले प्रहरीलाई स्थलगत मु`चु`ल्का बनाउन ढिला भएको हो ।

आफन्त र स्थानीय जनप्रतिनिधिको रोहवरमा मुचुल्का बनाएर प्रहरी फर्किसकेको छ । दुई साता अघि जुम्ला पातारासी गाउँपालिकाको छु`मचौ`र निवासी एक अ`पा`ङ्ग`ता भएका महिला पानीघट्ट गएको बेला छुमचौर खोलामा आएको बा`ढीले बगा´उँदा ज्या´न गएको थियो । न्युज२४ बाट

२०७८ श्रावण ३१, आईतवार ०७:५८ 0 Minutes 191 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।