
३० साउन, बुटवल । पाल्पामा स्याल मार्न चलाएको बन्दु’कको गो’ली’ले लागेर आफ्नै छोराको मृ’त्यु भएको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गो’ली लागेर छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृ’त्यु भएको हो ।
कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई ताकेर हान्न खोज्दा घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका धनबहादुरलाई लागेर मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए ।
गो’ली चलाउने कर्णबहादुरलाई बन्दुकसहित नि’य’न्त्र’ण’मा लिएर घ’ट’ना’बारे थप अनु’सन्धान भइरहेका प्रहरीले जनाएको छ ।
२०७८ श्रावण ३०, शनिबार ०७:५०
1 Minute
171 Views