
जापान । रोजगारका क्रममा जापान ओसाकामा सपरिवार बस्दै आउनुभएकी हरिकला भण्डारीको असामयिक नि’धन भएको छ ।
बाग्लुङ जिल्ला गलकोट नगरपालिका २ नरेठाटी चिनामाली स्थाई घर भई डिपेन्डेन्ट भिषामा जापानको ओसाका शहरमा बसोबास गर्दै आउनुभएकी हरिकला भण्डारीको अगस्ट ८ तारिख आईतवार असामयिक नि’धन भएको हो ।
मृतक भण्डारीको ११ तारिख बुधवार ओसाकामानै दाह’संस्कार सम्पन्न गरिएको छ । एक बर्षयता स्वास्थ्यमा समस्या देखीनुभएकी भण्डारीको फोक्सोमा गम्भिर समस्या देखिएपछी उपचारको क्रममा नि’धन भएको हो ।
निकट ब्यक्तीहरुका अनुसार अस्वस्थ खानपानको कारण स्वास्थ्य खराबिले भण्डारीको नि’धन हुनपुगेको बताइएको छ ।
४२ बर्ष पुग्नुभएकी भण्डारी जापान आएको १० बर्ष पुगेको थियो । भण्डारीको एक छोरा र छोरी सहित श्रीमान जापानमा सपरिवार बस्दै आउनुभएको थियो । नुवाकोट express बाट