
२५ साउन, धनगढी । श्रीमान् श्रीमती दुवै जना सशस्त्र प्रहरी । जवानबाट सेवा प्रवेश गरेको दुवैको पृष्ठभूमि ।
संगठनमा काम गर्ने दौरानमा प्रहरी सहायक निरीक्षक (असई)को तयारी पनि सँगसँगै अगाडि बढाए, अनि संघर्ष र लगनशीलताले संगठनभित्रै सर्वोत्कृष्ट बन्न सफल भए दुवै जना ।
यो कथा हो, कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का मनोज बोगटी र उनकी श्रीमती चन्द्रा ओलीक बोगटीलाई सानै उमेरदेखि प्रहरी बनेर देशको सेवा गर्ने हुटहुटी थियो । स्कुल पढ्ने बेलादेखि नै उनी प्रहरी संगठनको बारेमा चासो राख्थे । प्रहरी बन्ने ठूलो धोको थियो ।
२०६६ साल फागुनतिरको कुरा थियो, अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्नातक तहको अध्ययन गर्दै गर्दा बोगटीले साथीहरु मार्फत सशस्त्र प्रहरीमा भर्ना खुलेको थाहा पाए । प्रहरी बन्ने इच्छा पूरा गर्ने त्यो अवसर गुमाउनु हुँदैन भन्ने उनलाई लाग्यो र आवेदन फारम भरे