२०७९ श्रावण ३१
  • काठमाडौँ

आफ्नो छोराको ज्यान बचाइदिएका १६ वर्षका बालकलाई गरे आमाबुवाले सम्मान

काठमाडौ । बझाङमा एक १६ बर्षीय बालकले निकै शाहसिक काम गरेका छन् ।

१६ बर्षीय बालक लाल बहादुर पुन मगरले १२ बर्षीय बालकको ज्यान बचाए पछि अभिभावकले उनलाई सम्मान गरेका छन् ।

बझाङ जिल्ला सुर्मा गाँउपालिका(४ का ओकील बोहराका १२ बर्षिय छोरा जयराज बोहराको ज्यान बताएका हुन् ।

उनी सल्यान घर भै हाल बझाङको जयपृथ्वी नगरपालिका(१० मा बस्दै आएका छन् ।

शनिबार दिउँसो बाउली खोलामा पौडी खेल्ने क्रममा जयराज खोलामा बगेका थिए ।

बसपार्क नजिकैको खोलामा पौडी खेल्दा बगाएर ४५० मिटर तल सेती नदी र बाहुली खोलाको दोभानमा पुर्याएको थियो ।

सेती नदी र बाहुली खोलाको दोभान नजिकै फुटबल खेलीरहेका १६ बर्षिया पुन मगरले खोलामा बग्दै गरेका जयराजलाई देखे ।

उनलाई पौडी खेल्न आउँथ्यो त्यसैले तत्काल खोलामा बग्दै गरेका जयराजलाई बचाउन खोलामा हाम फाले ।

आफ्नो छोराको ज्यान बचाइदिएपछि खुसी भएका बुवा आमाले लालबहादुरलाई सम्मान गरेका हुन् । उनीहरुले अविर दोसल्ला सहित सम्मान गरेका छन् ।

मगरको यो साहसिक कदमलाई सम्मान गर्दै सुर्मा गाँउपालिकाका अध्यक्ष नरबहादुर बोहरा, यहाँका बद्धिजीवी, युवाहरुले समेत मगरलाई केही नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

साभार: ताजाखबर

२०७८ श्रावण २४, आईतवार १८:४० 0 Minutes 222 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।