२०७९ भाद्र १
  • काठमाडौँ

नक्कली डिएसपी बनेर सुनका गरगहना लुटपाट गर्ने एक जना पक्राउ

काठमाडौं, साउन २३ – नक्कली डिएसपी बनेर सुनका गरगहना लुटपाट गर्ने एक जना पक्राउ परेका छन्। भक्तपुर चाँगुनारायण-४ बस्दै आएका ३५ वर्षीय सीताराम गुरुङलाई प्रहरीले काठमाडौंको चावहिलबाट पक्राउ गरेको हो ।

विदेशबाट आएका व्यक्तिहरु पहिचान गरी विमानस्थलको गेटबाहिर बस्ने र एकान्त पारेर प्रहरीको डीएसपी हुँ भन्दै चेकजाँच गर्ने बहानामा सुनका गहना लुटपाट गर्ने गरेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नक्कली प्रहरी बनेर लुटपाट गरेको सूचना पाएपछि विशेष टोली परिचालन गरी खोजतलास गर्दा गुरूङलाई प्रहरीले चावहिलबाट नियन्त्रणमा लिएको एसएसपी अशोक सिंहले जानकारी दिए।

थप अनुसन्धान तथा कारबाहीको लागि उनलाई महाराजगञ्ज वृत्तमा राखिएको छ।

काठमाडौं, साउन २२ – संरक्षित वन्यजन्तुका आखेटोपहारसहित एक महिलालाई प्रहरीले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान र नियन्त्रणका लागि खटिएको टोलीले काठमाडौँको नागार्जुन बस्ने ४५ वर्षीया माइली पुतुवारलाई पक्राउ गरेको हो ।

संरक्षित वन्यजन्तु अवैधरुपमा ओसारपसार गरी बेचबिखन गर्ने उद्देश्यले लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाका आधारमा खोजीका लागि गएको टोलीले उनलाई पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।

उनका अनुसार लुकाइ राखेको अवस्थामा संरक्षित वन्यजन्तु जरायोका सिङ दुई थान र सालकको खपटा पनि बरामद गरिएको छ।

उनलाई आवश्यक कानूनी कारवाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बुझाइएको ब्यूरोले आज एक सूचना जारी गरी जनाएको छ । कसुर प्रमाणित भए उनलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारवाही हुनेछ । रासस नुवाकोट एक्सप्रेस

२०७८ श्रावण २३, शनिबार २२:४२ 1 Minute 267 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।