२०७९ भाद्र १
  • काठमाडौँ

मकै बारीमा दाजुभाइ को शब फेला

जंगली बँदेलको लागि छाडिएको क’रे’न्ट लागेर बैतडीमा दुई जनाको मृ’त्यु भएको छ।

मृ’त्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन्।

बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जंगली बँदेलको लागि छाडिएको बिजुलीको तारबाट क’रे’न्ट लागेर दुबैजनाको मृ’त्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए।

उनले भने, ‘जंगली बदेल मार्नका लागि मकैबारीमा करेन्ट छोडेको रहेछ,उनीहरु बँदेल धपाउन मकैबारी गएका बेला क’रे’न्ट लागेको भन्ने बुझिएको छ।’

क’रे’न्ट लाग्ने बित्तिकै दुबैजनाको घ’ट’ना’स्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ। मृतक दुवैजना सहोदर भाइ हुन्। घटनाको थप अ’नुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोली घ’ट’ना’स्थलतर्फ खटाइएको छ।

जिल्लाका सबैजसो स्थानमा लगाएको मकैबाली जंगली जनावरले नष्ट गर्न थालेकोले किसानहरुलाई मकैबाली जोगाउन धौधौ परेको छ। लेकाली अनलाइन बाट

२०७८ श्रावण २१, बिहीबार २३:०८ 1 Minute 239 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।