२०७९ असार १८
  • काठमाडौँ

डोरीले बाँधेर युवकलाई कु,ट्ने वडाअध्यक्ष पक्राउ

एकजना स्थानीय युवकलाई डोरीले बाँधेर कुट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका– २ का वडाध्यक्ष रामबहादुर नेपाली प,क्राउ परेका छन् ।

उनले साउन १५ गते सोही ठाउँका स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनले कुटपिट गरेको दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा भा,इरल भएको छ ।
जाजरकोट प्रहरीले उनलाई सोधपुछका लागि भन्दै सदमुकाम ल्याइएको जनाएको छ । स्थानीयलाई कु,टेको भिडियोका आधारमा वडाध्यक्षलाई पक्राउ गरिएको प्रहरी स्रोतको भनाइ छ ।

जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार बुधबार साँझ पञ्चाला प्रहरी चौकीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो । ‘टाढा भएका कारण विभिन्न इलाका प्रहरीको रोहबरमा उनलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको हो’ उनले भने ।

प्रहरीका अनुसार पीडित युवालाई पनि जिल्लामा बोलाइएको छ । यद्यपि, पी,डि,तले अहिलेसम्म ती वडा अध्यक्षवि,रुद्ध जाहेरी भने दिएका छैनन् । रातोपाटी बाट

२०७८ श्रावण २१, बिहीबार २२:४१ 0 Minutes 236 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।