२०७९ असार २०
  • काठमाडौँ

पारस खड्का भन्छन्, ‘राजनीतिमा पनि आउन सक्छु’

काठमाडौ । क्रिकेटर पारस खड्काले सही अवसर प्राप्त भएमा आफू राजनीतिमा पनि लाग्न सक्ने बताएका छन् । अन्तराष्ट्रिय क्रिकेटवाट सन्यास लिएको घोषणा पछि बुधवार काठमाडौमा पत्रकार सम्मेलन गरी उनले यस्तो धारणा राखेका हुन् ।

राजनीतिमा आउने सम्भावना भएपनि तत्कालको उनको प्राथमिकता भने क्रिकेट नै भएको उनको भनाई छ । नेपाली क्रिकेटलाई कसरी अघि बढाउने भन्नेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने उनको भनाइ छ ।

‘राइट अपरच्युनिटी आयो भने राजनीतिमा पनि हुनसक्छु । आगामी दिनमा अवसरहरू आउँछ भने त्यो पनि किन नहुनु ?’ उनले भने ‘त्यसअघि नै क्रिकेटलाई कुनै ठाउँमा पुर्याउन सक्नेतर्फ लाग्नुपर्छ, मेरो पहिलो प्राथमिकता क्रिकेट राम्रो होस् भन्ने नै हो ।

उनले अहिले उचित समय लागेर अन्तर्राष्ट्रिय क्रिकेटबाट राजीनामा दिएको पनि बताए । ‘यो राइट टाइम भनेर अनाउन्समेन्ट गरेको हो’, उनले भने । नेपाली क्रिकेट टिमभित्रको वातावरणलाई आफूले सधैँ मिस गर्ने खड्काले बताए ।

‘सन्यास लिँदैमा क्रिकेटबाट टाढा भएको होइनु, उनले पत्रकार सम्मेलनमा भने, ुम भोलि पनि क्रिकेटसँगै हुनेछु। मेरो भूमिका मात्रै फेरिनेछ। पत्रकार सम्मेलनका क्रममा पारसले आफूले यसअघि नै सन्यास लिन चाहे पनि टिमलाई सहयोग गरिरहन बसेको बताए।

‘दुई वर्षअघि नै सन्यासबारे सोचेको थिए;,उनले भने, ‘तर टिमलाई सहयोग गर्न मात्रै राष्ट्रिय टिममा बसिरहेको थिएँ। दुई वर्ष पूरा भयो, छाडेको छु।’ पारसले नेपाली क्रिकेट टिमको कप्तान र एक सदस्यका रुपमा आफूले सके जति योगदान राष्ट्रिय टिमलाई दिएको पनि बताएका छन्। ताजाखबर

२०७८ श्रावण २१, बिहीबार ०१:५३ 0 Minutes 187 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।