२०७९ असार १८
  • काठमाडौँ

सल्यान मा भेटियो बेलुन जस्तो अनौठो चिज गाउँले हरु तर्सित

सल्यानकाे बागचाैर नगरपालिका ९ काेटमाैला परिलेखमा बेलुन जस्तै देखिने अनौठो बस्तु भेटिएको छ ।

मानव बस्ती नजिकै रहेको जंगलमा साेमबार दिउँसाे अनौठो बस्तु भेटिएपछि स्थानीय आश्चार्यमा परेका छन् ।

जंगलको एउटा रुखमा छाता आकारको सेतो प्लास्टिककाे बेलुन जस्तै बस्तु देखिएकाे स्थानीय कृष्णराज बुढाथाेकीले बताए । उनका अनुसार उक्त बस्तु अनेन्त्र कतैबाट उडेर यहाँ आएकाे अनुमान गरिएकाे छ ।

बेलुन सँगै त्यसमा इलेक्ट्रिक सामान जडान गरे जस्तै देखिने २ वटा बक्स र धोगोको डोरी भेटिएकाे उनले बताए ।

उक्त बस्तु स्थानीले देखेपछि प्रहरीलाइ खबर गरेका छन् । अहिले साे स्थानमा इलाका प्रहरी कार्यालय थारमारे र अस्थायी प्रहरी चाैकी पातिहाल्नकाे प्रहरी टाेली जाँदै छ ।

बेलुनभित्र केहि शंकास्पद बस्तु भएकाे हुनसक्ने भन्दै साे स्थानमा स्थानीहरु पनि सजक भएर बसेका छन् ।लेकाली अनलाइन

२०७८ श्रावण ११, सोमबार २०:२३ 0 Minutes 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।