
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना कारण रा’जी’नामा दिने निर्णयमा पुगेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको घोषणाप्रति आश्चर्य व्यक्त गरेका छन् ।
मुख्य प्रशिक्षक अल्मुताइरीले आइतबार फेसबुकमार्फत नेम्वाङका कारण प्रशिक्षकबाट रा’जी’नामा दिने निर्णयमा पुगेको घोषणा गरेका थिए । तर नेम्वाङले भने यसप्रति आश्चर्य व्यक्त गरेका छन् ।
पछिल्लो समय प्रशिक्षकसँग आफ्नो सम्वाद नै नभएको उनले बताएका छन् । यद्यपि ८–१० दिन अघि ‘खेलाडी मात्र होइन, खेलसँग सम्बन्धित पदाधिकारीहरुको मानसिकता परिवर्तन हुनुपर्छ’ भन्ने प्रशिक्षकको अभिव्यक्तिलाई लिएर आफूले स्प’ष्टीकरण सोध्नुपर्छ भनेर महासचिवलाई भनेको उनले स्वीकार गरे ।
‘एक दिनपछि सोध्दा महासचिवले अबदेखि त्यस्तो हुँदैन भनेर भन्नुभयो । मैले त्यही विश्वास गरेँ’ उनले भने, ‘योबाहेक केही भएको छैन ।’
प्रशिक्षकको रा’जीनामा प्रकरणबारे एन्फाले समिति बनाएर छानविन गर्नुपर्ने उनले बताए । ‘म दो’षी देखिएँ भने फुटबल संघबाट रा’जी’नामा दिन तयार छु’ उनले भने, ‘अरु दोषी देािखए भा’गि’दा’र हुनुपर्छ ।’अनलाइन खबर