२०७९ असार १४
  • काठमाडौँ

मन्दिरको सुन चोर्ने एमाले नेता कार्की सहित ५ जना पक्राउ

बैतडी– मन्दिरको सुन चोरी गर्ने कार्यमा संलग्न एमाले नेता कार्की सहित ५ जनालाई बैतडी प्रहरीले पक्राउ गरेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका १ रिमको लटीनाथ मन्दिरबाट सुन चोरी गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।एमालेका जिल्ला कमिटी सदस्य समेत रहेका

स्थानीय लाल बहादुर कार्की र सोही ठाउँका हरिकृष्ण सार्कीको योजनामा सुन चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गत माघ महिनामा मन्दिरको सुन चोरी भएको भए पनि मन्दिरका पुजारी नैन सिँह सार्कीले चैत्र महिनामा

मात्रै मन्दिरको ९ तोला सुन चोरी भएको थाहा पाएका थिए ।सुन चोरी भएको थाहा पाए पछि गाउँमा खोजी निति हुने क्रममा स्थानियहरुले संखाको आधारमा २१ बर्षीय धनबहादुर कार्की र ३५ बर्षीय केशव सार्कीलाई

नियन्त्रणमा लिएर असार २४ गते प्रहरीको जिम्मा लगाएका थिए । स्थानियले दिएको जाहेरीका आधारमा सोही दिन उनीहरुको नाममा चोरी सम्बन्धी कसुरमा मु,द्धा दर्ता भएको थियो भने प्रहरीले थप अनुसन्धानका लागी उनीहरुलाई नियन्त्रणमा समेत लिएको थियो ।

उनीहरुले अपराध स्वीकार्दै चोरीमा अरु पनी संग्लन भएको बयान दिए पछि २ दिन अगाडी थप ३ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो ।

उनीहरुको बयानमा आधारमा नेकपा एमालेका नेता समेत रहेका स्थानिय लाल बहादुर कार्की, सोही ठाउँका हरिकृष्ण सार्की र चोरीको सुन खरिद गरेको आरो,पमा दार्चुलाको गोकुलेश्वरका सुन ब्यवसायी भुवन शाहुलाई प्रक्राउ गरिएको शाहीले बताउनुभएको छ ।

शुरुमा पक्राउ परेका २ जनाले सुन चोरीको मुख्य योजना लाल बहादुर कार्की र हरिकृष्ण सार्कीको रहेको बयान दिएका प्रहरीको भनाई छ । यस्तै बिल बिनाको सुन खरिद गर्नु गैर कानुनी भएकाले सुन ब्यबसायी

शाहुलाई पनी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।स्थानियहरुले जाहेरीमा ९ तोला चोरी भएको भन्ने निबेदन दिए पनि अहिलेसम्म उनीहरुको

साथबाट पौने ४ तोला सुन मात्र बरामद गरिएको छ । ९ तोला मध्येको बाँकी सुन खरिद बिक्रिमा अन्य पनी संग्लन भएको आंसकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । दिब्यास्त्र बाट

२०७८ श्रावण ११, सोमबार ०९:५२ 0 Minutes 147 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार