२०७९ असार १८
  • काठमाडौँ

बन्जी जम्प गर्ने क्रममा एक युवतीको मृ`त्यु

काठमाडाैँ । बन्जी जम्प गर्ने क्रममा एक युवतीको ज्यान ग`एको छ ।

बन्जीको डोरी नै नबाँधीकन ती युवतीले हाम्फालेपछि उक्त दुःखद घ`टना भएको हो । घ`टना कोलम्बियाको हो । सा`ह`सिक खेल मानिने बन्जी जम्प पछिल्लो समय युवाहरुमाझ लोकप्रिय छ ।

तर, सावधानी नअप´नाउँदा मनोरञ्जनको साटो मृ`त्यु प्राप्त हुने कुरा गत आइतबार घ`टेको कोलम्बियाको उक्त घटनाले पुष्टि गरेको छ । समाचार एजेन्सीहरुका अनुसार उत्तरी कोलम्बियाको एन्टिओक्विया प्रान्तको

अमागामामा आफ्नो प्रेमीका साथमा बन्जी जम्प गर्न गएकी २५ वर्षीया येसेनिया मोरालेस नामकी युवतीको मृत्यु भएको हो । बन्जीजम्पको क्रममा उनले बन्जी कर्ड बाँध्नुपूर्व नै झुक्केर हाम्फालेको पाइएको डेली मेलले जनाएको छ ।

बन्जी हान्ने पुलमाथि बन्जीको तयारी गर्दै गरेको अवस्थामा प्रशिक्षकको एक गलत इशाराबाट भ्रमित उनले हतारमै हाम्फालेकी थिइन् ।

उनी करिब १५० फिट तल खसेको र घट`नास्थलमै मृ`त्यु भएको जनाइएको छ । तत्कालै उ`द्धा`रकर्मीहरु घ`टनास्थलमा पुगे पनि युवतीको हावामै मृ`त्यु भइसकेको बताइएको छ ।

येसेनिया मोरालेस
मेडिकल रिपोर्टका अनुसार ख`से`कै कारण नभएर हृद`यघा`तका कारण उनको मृ`त्यु भएको पुष्टि भएको छ । बन्जी कर्ड (डोरी) नबाँधीकनै

हा`म्फालेपछि उनी झ`ल्याँ`स्स हुँदै आफूसँग उक्त बन्जी कर्ड नजोडिएको थाहा भएको हुन सक्ने र सोही कारण हृ`दयघा`त भएर उनको मृ`त्यु भएको हुनसक्ने रिपोर्टमा जनाइएको छ ।

भएको के रहेछ भने ब`न्जी जम्पको लाइन रहेका उनका प्रेमी उनीभन्दा अगाडि थिए र प्रेमीलाई नै बन्जी कर्डसँग राम्ररी जोडिएपछि प्रशिक्षकले हाम्फा`ल्ने संकेत गरेका रहेछन् । तर संकेत युवतीले आफ्ना लागि पनि हो

भन्ने बुझेर हतारमै हा`म्फा`लि`नछन्, जबकि उनकाे खुट्टामा डाेरी नै बाँधि`एकाे थिएन । युवती तल ख`सेपछि उनका प्रेमी तत्कालै उक्त ठाउँमा पुगेर बचाउने को´सिस गरेको भए पनि असफल भएको बताइएको छ । – एजेन्सीहरूकाे सहयाेगमा

२०७८ श्रावण १०, आईतवार ०६:३९ 0 Minutes 120 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।