
मलेसिया – मलेसियामा एक नेपालीको मृ त्यु भएको छ । ओख्रेनी ७ सल्यान घर भई मलेसियामा कार्यरत २७ वर्षिय खिम वहादुर थापाको मृ त्यु भएको हो ।
नेपाल फर्कनको लागि उनले १९ तारिखका दिन नेपाली दुतावासले जारी गर्ने यात्रा अनुमतिपत्र समेत वनाईसकेका थिए ।
मलेसिया दुतावासले घर फर्कने प्रयोजनको लागि मात्र यात्रा अनुमती पत्र जारी गर्ने गर्दछ ।
यात्रा अनुमति पत्र वनाईसकेर मात्र अहिले नेपाल फर्कन संभव छैन । आफुमा कोरोना सक्रमण देखिएको छ कि छैन भनेर समेत जाचँ गराउनु पर्दछ ।
यदि कोरोना नेगेटिभ आएमा सिधै एयरपोर्टमा गएर पैसा वुझाएर नेपाल फर्कन सकिने प्रावधान छ ।थापा केहि समय अगाडि देखि शरिर सुन्नीले रोगवाट पिडित वनेका थिए ।
उनी केहि समय अगाडि देखि किड्नीका समस्यावाट पिडित भएको वताईएकोे छ ।हिडन समेत नसक्ने अवस्थामा पुगेपछि उनी विरामि अस्वस्थामै क्वालालम्पुर आएर घर फर्कने प्रकृया अगाडि वढाईसकेका थिए ।
घर फर्कनको लागि आवश्यक पर्ने अध्यागमनको समेत काम पुरा गरिसकेर २५ तारिखका दिन नेपाल फर्कनको लागि टिकट समेत काटिसकेका थिए ।
यसैविचमा उनको मृ त्यु भएको हो । । श’वलाई पो’ष्ट’मा’र्ट’म’को लागि क्वालालम्पुर अस्पतालमा राखिएकोछ । उपचार अभावमै उनको मृ त्यु भएको मलेसियामा रहेका नेपालीहरुले वताएका छन ।