२०७९ श्रावण २६
  • काठमाडौँ

२१ महिना देखि उपमेयर बेपत्ता

काठमाडौँ – एक जना उपमेयर हराएको २१ महिना पुगेको छ । गोष्ठीमामा सहभागी हुन भनेर अमेरिका पुगेकी कालीकोटको तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) २१ महिनादेखि हराएकी हुन् ।

उनी नगरपालिकाका मेयरको सम्पर्कमा नआएको पनि २१ महिना पुगी सकेको छ । उपमेयर नेपाली २०७६ कात्तिक १ गते इन्टरनेसनल सिटी म्यानेजर एसोसिएसन (आइसिएमए)ले आयोजना गरेको गोष्ठीमा सहभागी हुन

नेपालका तर्फबाट अमेरिका गएकी थिइन्। असोज २६ गते नगरकार्यपालिकाले नै उनलाई गोष्ठीमा जानेगरी सिफारिस गरेको

थियो।चार दिनसम्म चल्ने गोष्ठीमा सहभागी हुन भन्दै गएकी उपमेयर ३ महिनासम्म उतै बस्दासम्म खोजी भएको थिएन।

२०७६ माघ ९ गते सुर्खेतमा भएको राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्न नआएपछि उनी अमेरिकाबाट नफर्किएकोबारे हल्ला चल्यो।

विभिन्न सञ्चारमाध्यममा समाचार आए। उनीबारे धेरैले आ’लो’च’ना पनि गरे। नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटले नगरकार्यपालिकालाई फिर्ता बोलाउन अल्टिमेटम पनि दियो।

तर उनी अहिलेसम्म पनि आफू ‘काममा फर्किने वा राजीनामा दिने’ भन्ने बारेमा केही बोलेकी छैनन्।

‘उहाँ यहाँबाट अमेरिका जान्छु भनेर गएदेखि नै सम्पर्कमा हुनुहुन्न, सुरुसुरुमा परिवारसँग बिरामी भएर थलिएकी छु भन्ने खबर आएको सुनिन्थ्यो,’

तिलागुफा नगरपालिकाका मेयर रत्न बहादुर शाहीले भने, ‘त्यसयता भने उनको अवस्था के छ, जिम्मेवारीमा फर्किनुहुन्छ या फर्किनुहुन्न भन्ने कुनै जानकारी नै छैन।’

स्थानीय सरकारको उपप्रमुखजस्तो जिम्मेवार पदमा जननिर्वाचित व्यक्ति यसरी दुई बर्षसम्म सम्पर्क’वि’ही’न हुँदा समेत बर्खास्त गर्न मिल्दैन। यस्तो विषयमा कानूनी अड्चन नै छ।

संविधानमा स्थानीय तहको उपप्रमुखले राजीनामा दिएमा वा मृ’त्यु भएमा मात्र पदमुक्त भएको मानिने व्यवस्था छ।

‘कानूनी रुपमा त उहाँको मृत्यु भएको वा राजीनामा दिएको भए विकल्पमा जान मिल्ने व्यवस्था छ, नगरसभाबाट पनि बर्खास्तको निर्णय गर्न मिल्दैन,’ मेयर शाहीले भने, ‘पदमुक्तको कुरा मात्र होइन, यत्तिको जिम्मेवार व्यक्तिले आफै जानेर फर्किनुपर्ने हो। जनमतको अवहेलना गर्नु राम्रो होइन।’

उपमेयर नेपाली २१ महिनादेखि गायब भए पनि तोकिएको तलब भने गइरहेको छ। उनले पाउने बैठक र अन्य केही भत्ताबाहेकको सेवासुविधा गइरहेको मेयर शाहीले बताए। ‘

उहाँ आफैंले लामो समयसम्म जिम्मेवारीमा नहुँदा सेवासुविधा लिन्न भन्नुपर्ने हो, उहाँले नभनेसम्म त हामीले तलब रोक्न मिल्ने कुरा पनि त भएन’ उनले भने।

२०७८ श्रावण ९, शनिबार १२:३८ 1 Minute 129 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।