२०७९ असार १४
  • काठमाडौँ

जनमत संग्रहमा नगई सुखै छैन : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्थाको औ’चित्य समाप्त भइसकेको बताएका छन् ।

काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन गर्दै उनले अहिले पञ्चायतकालमा भन्दा अचाक्ली वि’कृति देखिन थालेको बताए ।

राजनीतिको द’ला’ली’क’र’ण भएको भन्दै उनले आफ्नो देशको निर्णय आफैं लिन नसक्ने अवस्था रहेको बताए । ‘अहिले पार्टी एकता गर्न विदेशी चाहिन्छ, फु’टाउन विदेशी चाहिन्छ, उपचार गर्न विदेश चाहिन्छ, पञ्चायतमा पनि यति साह्रो विकृति थिएन,’ उनले भने, ‘द’ला’ली’क’र’ण’को भद्दा’रु’प अहिले देखिइरहेको छ ।’

हरेक कुराको आफैं निर्णय गर्ने अवस्थाको सिर्जना गर्न वैज्ञानिक समाजवादको बाटोमा जानुपर्ने उनले बताए । वैज्ञानिक समाजवादको विषयमा जनमत संग्रहमा नगई सुखै नभएको विप्लवको भनाइ छ ।

कतिपयले जनमत संग्रहमा जान अहिलेका दलले दिन्छन् ? भनेर प्रश्न पनि गर्ने गरेको बताउँदै उनले भने, ‘यो दिइन्न भने खोसेर पनि लिने कुरा हो । २०३६ सालमा जनमत संग्रह गर्न हुन्छ भने आज किन मिल्दैन ?’

‘सत्ता पाउन देशै बेच्न खोज्ने, राज्य र राष्ट्रलाई सुविधाका लागि लेनदेन गर्ने विषय कसरी आइरहेको छ ?’ विप्लवले प्रश्न गर्दै भने, ‘यहाँका जमिन द’लालको हातमा छ, घडेरी किन्न जिन्दगीभर ह’ड्डी खिया’उँदा पनि सकिन्न, चरम मा’फि’या’क’र’ण छ ।’

अहिलेको व्यवस्थामा कम्युनिष्टले पूँजी’वादीको सेवा गरिरहेको भन्दै उनले यो लज्जास्पद भएको बताए । उनले नेपाली कांग्रेसलाई पनि प्रश्न गरेका छन्, ‘तपाईंले भनेको लोकतान्त्रिक समाजवाद र संसदीय व्यवस्था एउटै हो ? नभए त्यस विषयमा किन बोल्नु हुन्न ?’

अनलाइन खबर बाट

२०७८ श्रावण ६, बुधबार १२:०५ 1 Minute 55 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार