
५ श्रावण, काठमाडौं । तुर्माखाँद गाउँपालिका ५ थोलु, अछामकी एक ९ महिनाकी बालिका बचाउ अभियानमा सहयोग गर्न बालिकाका बुवा हिरेन्द्रबहादुर शाहीले आग्रह गर्नुभएको छ ।
कर्णाली स्वयम् सेवकदलका सदस्य भरत बहादुर शाहीको पहलमा बालिका बचाउ अभियान अन्तरगत स्वदेश र विदेशबाट सहयोग प्राप्त भएको छ ।
अभियानमा अहिले सम्म १ लाख २६ हजार १ सय ६६ रुपैया सहयोग रकम प्राप्त भएको शाहीले बताउनुभयो । उहाँ भन्नुहुन्छ “हामीले सुर्खेतका बालरोग विषशेज्ञ डा. नवराज के.सी.को सल्लाहमा काठ्माण्डौमा उपचारकालागि ल्याएकाछौ
तर काठमाडौंमा उपचार गर्दा रकम अभावभएपछि फेसबुक मार्फत सहयोग अभियान चलाउदाँ डा. केसीले सबै भन्दा बढी रु ५० हजार रकम सहयोग गरेर बालिकाको परिवारमा ठूलो गुन लगाउनुभएको छ ।”