२०७९ असार १४
  • काठमाडौँ

रबी लामीछानेलाई अनेरास्ववियु अध्यक्ष महरको ध’म्की, ठेगान लगाइदिने चेतावनी(भिडियो हेर्नुहोस्)

रबि लामिछाने नामको अराजक र ब्यभिचारी मान्छेलाई सम्हालिन र जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्दछु। अन्यथा तिम्रो अराजकताको ठेगान कानुन बमोजिम अनेरास्ववियुले छिट्टै लगाउने नै छ ।

जस्तालाई त्यस्तै जवाफ र व्यबहार अनेरास्ववियु ले राम्ररी जानेको छ भन्दै आजभन्दा तीन दिन अगाडि अनेरास्ववियुका अध्यक्ष ऐन महरले आफ्नो फेसबुक स्टाटस मार्फत यसरी धम्की दिएका थिए।

रबीले केही दिन अगाडि सर्वोच्च अदालतले गरेको निर्णय मान्दिन भन्ने एमालेलाई जवाफ दिँदै आफ्नो फेसबुक स्टाटस मार्फत तिम्रो बाउको शासन हो र अदालतको निर्णय नमान्ने भनेर कडा शैलीमा स्टाटस लेखेका थिए।

रबीको उक्त स्टाटसलाई लिएर उनले रबी लामीछानेको विरुद्ध खनिँदै धम्कीपूर्ण आक्रोश व्यक्त गरेका थिए।उनले अनलाइन टीभी नेपालसँग कुराकानी गर्दै रबीलामीछानेले राजनीतिको बारेमा टिप्पणी गर्दै दादागिरी देखाएको समेत आरोप लगाएका थिए।

यो देशमा अदालत र पत्रकारले जे बोल्दा पनि हुने हो भन्दै उनले प्रश्न गरेका छन्। उनले अदालतले प्रधानमन्त्री चयन गर्न नमिल्ने र आफ्नो शक्ति पृथकीकरणको सिद्धान्त विपरीत गएको पनि आरोप लगाएका छन्।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा राजनीतिक अस्थिरताका पुजारी माधब र प्रचण्डको काँधमा टेकेर फेरि खिलराज रेग्मी बन्न चाहेको बताएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर विरुद्ध राणा शासनको अपुताली खाएको पद होइन र जनताका लागि जनताको छोरो भएर दिएको पद हो भन्दै जंगीएका छन्।

उनले शेर बहादुर आफ्नो ज्वाइँ नाता पर्ने भएर राणा शासनको पुनरावृत्ति गराउने जस्ता दुस्साहसका लागि शेर बहादुरलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको समेत दाबी गरेका छन्।

हेर्नुहोस् भिडियो

२०७८ श्रावण ४, सोमबार १२:२९ 0 Minutes 159 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार