
काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओली समूहका केही सांसदले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।
आइतबार संसदमा भएको मत विभाजनमा प्रेम आले, किसान श्रेष्ठलगायत सांसदले देउवाको पक्षमा मतदान गरेका हुन् ।
आइतबार बसेको एमाले संसदीय दलको बैठकले देउवालाई मतदान नगर्ने र कसैले गरेमा त्यो एमाले नरहने निर्णय गरेको थियो ।
देउवालाई विश्वासको मत दिने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह नै विभाजित भइरहेको अवस्थामा ओली समूहका केही सांसदले देउवालाई विश्वासको मत दिएका हुन् ।
अन्नपूर्ण पोस्ट बाट
२०७८ श्रावण ३, आईतवार १६:३२
0 Minutes
128 Views