
मैले मेरो श्री’मानको ह’त्याको बद’ला लिने सोचेकी थिएँ, त्यसैले ह’त्यारासँग दोस्ती गरेँ, उसँग वि’वाह गरेँ र त्यसपछि अन्त्यमा बद’ला लिएँ ।’
पाकि’स्तानको कबायली इलाका बजौर जिल्लामा बस्ने यी महिलालाई प्रह’रीले प’क्राउ गरेर अदा’लतमा पेश गरेपछि चकदरा जेल पठाएको छ ।
अभियुक्त महिलाले आफ्नो श्री’मानको ह’त्याको बद’ला लिनका लागि तीन वर्षदेखि कोसिस गरिरहेकी थिइन् र यसका लागि उनले पूरा योजना बनाएकी थिइन् । प्रह’रीलाई सूचना र कारवाहीः
बाजौर जिल्लाको इनायत किलेमा लुइसिम थानाका इन्सपेक्टर विलायत खानले बीबीसीसँगको कुराकानीमा यसलाई एउटा मुश्किल केस बताउँदै यसका लागि आफूले अत्यधिक कोसिस गरेको र सफलता पनि हासिल गरेको बताए ।
अभियुक्तका जेठो श्री’मानको मृ’त्यु तीन वर्षअघि भएको थियो तर उनको ह’त्या भएको थियो वा उनको प्राकृतिक मृ’त्यु थियो भन्नेबारे स्पष्ट जानकारी छैन ।
अभियुक्तले नीजि रुपमा यसबारे पत्ता लगाइन् र उनका अनुसार उनका श्री’मानलाई उनका साथी गुलिस्तानले विषको इन्जेक्सन दिएर ह”त्या गरेका थिए ।
थानामा उनको मृ”त्यु वा ह”त्याको कुनै पनि मु’द्दा दर्ता भएको छैन । प्रह’रीका अनुसार तीन वर्ष अघि यो इलाकामा कुनै प्रहरी चौका नभएको र शाह जमिनको हत्या नै भएको हो भन्ने बारे कुनै दस्तावेज भेटिएको छैन ।
प्रह’रीका अनुसार दुई दिन अघि उनले गुलिस्तान नामका व्यक्तिको गो’ली हानी ह”त्या गरिएको भन्ने जानकारी पाएका हुन् । प्रह’री इन्स’पेक्टर विलायत खानका अनुसार यो सूचना पछि उनीहरुले नजिकैको एक चेक पो’स्टमा प्रह’री र आफ्नो स्रोतलाई घट”नास्थलबाट कोही पनि बाहिर जान नदिन भन्दै आफू आफ्नो टिमसँगै त्यहाँ पुग्ने जानकारी दिए ।
विलायत खानले बीबीसीलाई भने, ‘हामी घट’नास्थल पुग्दा ओ’छ्यानमा र’गतले लत्पत्तिएको श’व थियो । एउटा गो”ली टाउकोमा लागेको थियो र अर्का शरी’रको दा’हिने भागमा लागेको थियो ।
अभियुक्त मृ’तकसँगै बसेकी थिइन् । घर बाहिर र भित्र अत्यधिक मानिस जम्मा भएका थिए । हामीले एकतर्फी अनुसन्धान सुरु गर्यौं र घट’नास्थलाट प्रमाण पनि हासिल गर्यौं ।
कबायली महिलाको अफगान शाह जमिनसँग प्रेमः
अभि’युक्तले दिएको जानकारी उद्धृत गर्दै प्रहरी’ले आफ्नो रि’पोर्टमा भनेको छ – उनका जेठो श्रीमान अफगानिस्तानको कुनार प्रान्तमा बस्ने अफगान शरणार्थी थिए ।
उनका श्री’मान् पेशावरमा काम गर्दथे र उनीहरु निकै आनन्दका साथ जीवन व्यतित गरिरहेका थिए । प्रह’रीका अनुसार उनीहरुका एक छोरी पनि थिइन् ।
प्रह’रीका अनुसार अभि’युक्तले आफ्नो बया’नमा भनिन्, ‘मेरा श्रीमा’नको गुलिस्तान नामका एक व्यक्तिसँग दोस्ती थियो । मेरा श्री’मान् पेशावरबाट जे जति कमाउँथे ती सबै गुलि’स्तानलाई पठाउने गर्दथे, आवश्यक पर्दा उसँग माग्ने सोच थियो उनको ।
गुलि’स्तानसँग गहिरो दोस्ती थियो उनको ।’ अभियुक्तका केही समयपछि फिर्ता आए र गुलिस्तानलाई आफ्नो स्वास्थ्य ठिक नभएको र आफ्नो पैसा फिर्ता चाहेको बताए तर गुलिस्तानले हाल पैसा नभएकोले पैसा फिर्ता दिन मानेनन् ।
विलायत खानका अनुसार अभि’युक्तले आफ्नो बयानमा भनिन्, ‘गुलिस्ता’नले मेरा श्रीमानलाई पैसा दिनुको साटो ‘तिमी बिरामी भएको भए म इनायत कली बजारबाट औषधी ल्याउँछु’ भनेँ ।
गुलिस्तानले दुईवटा सूई र केही औषधी ल्याएका थिए । एउटा इन्जेक्सन गुलिस्तान खानले नदीको किनारामा शाह जमिनलाई लगाइदिए र दोस्रो इन्जेक्सन घरमा लगाउन भन्दै औषधी पनि खान भने । यसो गरे निको हुने पनि उनले बताए ।’
एसेन्जी