
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्य छानविन समितिका समेत सदस्य श्याम घिमिरेमाथि हा’तपात भएको छ ।
क्रियाशील सदस्यता छानविन समिति कार्यस्थल गौशालास्थित नेपाल भारतमैत्री धर्मशालामा पुगेर सिन्धुपाल्चोकका कार्यकर्ताले घिमिरेमाथि हा’तपात गरेका हुन् ।आफूहरू नि’कटलाई सदस्यता नदिइने काम गरिएको भन्दै घिमिरेलाई
हरिशरण श्रेष्ठको नेतृत्वमा आएका कार्यकर्ताले गेटमा बोलाएर हातपात गरेका थिए । घिमिरे अहिले धर्मशालाभित्रै आराम गरिरहेको छन् । सिन्धुपाल्चोक लगायतका केही जिल्लामा क्रियाशील सदस्यता सम्बन्धी चरम वि’वा’द छ ।
१३ औं महाधिवेशनमा क्रियाशीललाई मात्र मान्यता दिन सिफारिस गर्ने छानविन समितिको तयारीपछि केन्द्रीय सदस्य मोहन बस्नेतले शुक्रबार विहान फोन गरेर ध’म्की दिएको घिमिरेले बताए बस्नेतकै निर्देशनमा आफूमाथि हा’त’पात भएको घिमिरेको भनाइ छ ।