
काठमाडौं। अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवा आफ्नै सहकर्मीको गोली हानी ह’त्या गरेको अ’भि’यो’ग’मा प’क्राउ परेका छन् ।
मंगलबार बर्गेन काउन्टीका प्रोसिक्युटरले आफ्नै सहकर्मीको गोली हानी ह’त्या गरेको अभियोगमा न्यू जर्सीका एक व्यक्तिलाई पक्राउ गरेको बताएको पिक्स ११ ले जनाएको छ ।
घ’टना सोमबार भएको थियो । सोमबार राती करिब पौने १० बजेको समयमा माहवाहमा पुलिसको ९११ मा फोन आएको थियो ।
सूचनापछि घ’टना’स्थल पुगेको पुलिसले ५६ वर्षका फु शेवाङलाई मृत अवस्थामा फेला पारेको थियो । उनलाई कैयौं गोली लागेका थिए ।
अ’नुसन्धानमा २४ वर्षका मिलन घिमिरेले उनको गोली हानी ह’त्या गरेको पाइएको छ । मिलन एक ग्यास स्टेशनमा शेवाङका सहकर्मी थिए । उनलाई प’क्राउ गरी ब्रेंक्समा हिसारतमा राखिएको छ । घिमिरेमाथि फर्स्ट डिग्री ह’त्या, हतियार राखेको र प्रमाण नष्ट गर्ने प्रयास गरेको अ’भियोग लगाइएको छ ।एसेन्जी