२०७९ श्रावण २६
  • काठमाडौँ

अमेरिकी खोप आइपुग्यो काठमाडौ , एक मात्र लगाए पुग्ने

काठमाडौं : को’रोनावि’रुद्धको अमेरिकी खो`प नेपाल आइपुगेको छ । बिहान १० बजे कतार एयरबाट जोनसन एन्ड जोन्सनको १५ लाख ३४ हजार ८५० मात्रा खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवत`रण गरिएको हो ।

सो खोप विमानस्थलमै स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई नेपालका लागि अमेरिकी राजदूत र्‍या`न्डी बेरीले हस्तान्तरण गरेका छन् ।जोन्सन एन्ड जोन्सनले निर्माण गरेको सो खोपको एक मात्रा मात्र लगाए पुग्ने बताइएको छ ।नेपाललाई प्रदान गरिएको खोपले करिब १५ लाख मानिसलाई पुग्ने बताइएको छ ।

अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट आइतबार नेपालका लागि प्रस्थान गरेको थियो ।अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले म’हाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण भएको बताएका छन् ।

राजदूत खतिवडाले भने, “अमेरिकी सरकारको सहयोगका लागि नेपाल सरकारका तर्फबाट म अमेरिकी सरकार र यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु।” अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

यसअघि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी को-भि’ड–१९ खोप निःशुल्क उपलब्ध गराउन लागेको जानकारी दिएका थिए ।खोप कुन उमेर वा

व्यक्तिलाई दिने भन्ने विषयमा अझै टुंगो लागिसकेको छैन । तर वैदेशिक रोजगार वा कुनै काममा विदेश जाने र शिक्षकलगायतलाई दिने विषयमा छलफल चलिरहेको बताइएको छ । नेपाल खबर बाट

२०७८ असार २८, सोमबार ०९:५६ 1 Minute 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।