२०७९ श्रावण ३१
  • काठमाडौँ

जय नेपालपछि कुमारी हल पनि सधैँका लागि बन्द

महामारी सुरु भएसँगै हल सुनसान बनेका छन् । हलवालाहरूले यस समयमा ठूलो घाटा बेहोर्नु परेको छ ।

यसैबीच क्यूएफएक्सअन्तर्गतको कुमारी हल बन्द भएको छ । क्यूएफएक्सका सीइयो रोशन अडिगाका अनुसार उक्त हल सधैँका लागि बन्द भएको हो ।

‘आगमी दिनमा कुमारी हलमा फिल्म चलाउन गाह्रो हुने देखिएपछि हाम्रो बोर्ड मिटिङ बसेर नै उक्त हल बन्द गरिदिएका हौँ’, रोशनले भने ।

आजभन्दा ३७ वर्ष अगाडिबाट सञ्चालनमा आएको यस हलले निर्मातालाई राम्रो कमाइ दिने गर्थ्यो । यस हलको केही समय अगाडि मात्रै पुनर्निर्माण गरिएको थियो ।

अहिले हलमा भएका सामानहरू हटाउन थालिएको छ । अब उक्त भवन अन्य प्रयोजनका लागि प्रयोग हुनेछ । महामारी सुरु भएपछि नै क्यूएफएक्सअन्तर्गतको जय नेपाल हल पनि सधैँको लागि बन्द भएको थियो । लगातार हल बन्द हुनु नेपाली फिल्म निर्माताका लागि सुखद समाचार भने होइन । ताजा खबर

२०७८ असार २६, शनिबार ०४:२५ 0 Minutes 174 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।