२०७९ असार १५
  • काठमाडौँ

बागमती प्रदेशको मुख्यमन्त्रीमा अस्मि सापकोटा !

काठमाडौँ । बागमती प्रदेशको नमुना मुख्यमन्त्रीमा अस्मि सापकोटा चयन हुनुभएको छ ।

राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको आर्थिक वर्ष २०७७र०७८ को ‘नमूना युवा सांसद अभ्यास’ कार्यक्रमका लागि बागमती प्रदेशको मुख्यमन्त्रीमा चितवनकी अस्मि सापकोटा चयन हुनुभएको हो । युवा परिषद्ले रहेक वर्ष यस्तो अध्यास चलाउँदै आएको छ ।

यो पनि , पालिकाको विपद् कोषमा प्रदेश सरकारले पाँच लाख दिनेगण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि ८५ वटै पालिकालाई रु पाँच लाखका दरले रकम पठाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताउनुभयो ।

स्थानीय विपद् व्यवस्थापन कोषमा विपद्जन्य घटनाहरूको रोकथाम, उद्धार र राहत तथा पुनःस्थापनालगायत प्रयोजनका लागि मात्र खर्च गर्न उक्त रकम दिन लागिएको हो । चालु आर्थिक वर्षको बजेटबाटै उक्त रकमको व्यवस्थापन गरिने छ ।

उहाँका अनुसार अहिले बाढी पहिरोको प्रकोप निकै बढेका कारण प्रदेशले सिधै सहयोग गर्ने भन्दा पनि पालिकाबाट उद्धार तथा राहतको काम हुने भएकाले थोरै भए पनि सहयोग पुगोस् भनेर सो रकम दिने निर्णय गरिएको हो । प्रदेशभरका जिल्लामा भएको क्षतिको विवरण सङ्कलन गरी आवश्यकतानुसार उद्धार, राहत तथा पुनःस्थापना गरिने उहाँले जानकारी दिनुभयो । स्रोत ताजाखबर

२०७८ असार २५, शुक्रबार १३:०४ 0 Minutes 234 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार