२०७९ श्रावण २६
  • काठमाडौँ

सीआईबीद्वारा चलचित्रका ठूला माछा प,क्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अ’नु’स’न्धा’न व्यूरो (सीआईबी) महाराजगञ्जले बैंकिङ क’सु’र मु’द्दा’मा फरार प्र’ति’वा’दी ५० वर्षीय शिशिर शम्शेर जबरालाई प,क्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–१ कुपण्डोल ठेगाना भएका जबरालाई ब्यूरोको टोलीले सोमबार प्रहरीले प’क्रा’उ गरेको ब्यूरोका प्रमुख एवम् डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

उच्च अदालत पाटनको २०७७ पुस २६ गतेको फैसलाले बैंकिङ क’सू’र मु’द्दा’मा १० दिन कैद र ४५ लाख रुपियाँ ज’रि’वा’ना ठहर भई फरार उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अ’नु’स’न्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको बिजुलीबजारबाट प,क्राउ गरेको हो ।

पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी झुक्याएर नविल बैंकमा जबराले आफ्नै नाममा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई ४५ लाख रुपियाँ बराबरको चेक का”टी दिएका थिए ।

बैंकिङ कसूरजन्य अ’प’रा’ध ग’रे’को ठहर गरी अदालतले उक्त कैद तथा जरिवाना ठहर गरेको थियो ।उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

पक्राउ परेका जबराले ‘वडा नम्बर ६’, ‘क्लासिक’, ‘वीरविक्रम’, ‘कायरा’, ‘रामकहानी’ लगायतका नेपाल चलचित्रमा अभिनय गर्नुका साथै निर्देशन गरेका छन् । उनी चलचित्रका निर्माता पनि हुन् । रिपब्लिक दैनिक बाट

२०७८ असार २३, बुधबार ०४:१२ 1 Minute 166 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।