
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा २० जना पदाधिकारीहरू नियुक्तविरुद्ध रिट परेको छ । बुधबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २० जना पदाधिकारीहरूको नियुक्तविरुद्ध रिट पेस गरेका हुन् ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले भने,’गत असार १० गते २० जनालाई विभिन्न आयोगको अध्यक्ष, आयुक्त एवं सदस्यहरुमा गरिएको नियुक्ति प्रथम दृष्टि मै गैरसंवैधानिक, बदनियत एवं कपटपूर्ण रहेकोले बदर गरी पाउ भनि
आज (असार १६ बुधवार) मैले सर्वोच्च अदालतमा पूरक रिट दर्ता गराएको छु । रिटको अन्तिम टुंगो नलागेसम्म निजलाई आयोगको सदस्य तथा पदाधिकारीको हैसियतले कुनै कार्य नगराउनु भनि अन्तरिम आदेशसमेतको माग गरेको छु ।’
स्रोत इकागज
२०७८ असार १९, शनिबार ११:१४
1 Minute
289 Views