२०७९ असार १५
  • काठमाडौँ

अर्थमन्त्रीको कुलदेवतालाई एक करोड बजेट

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमा समुदाय र जात विशेषका मन्दिर निर्माणका लागि झण्डै १९ करोड बढी बजेट विनियोजन गरेको छ।

प्रदेश सरकारको रातो किताबमा अटाएका अधिकांश मन्दिर २/४ परिवारले पूजा गर्ने कुलदेवताका मन्दिर छन्।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहको कुलदेवताको मन्दिरमा पनि बजेट विनियोजन भएको छ। बाजुराको खप्तड छेडादेह गाउँपालिका–४ मा रहेको ज्यूलेख मन्दिर निर्माणका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको हो। ज्यूलेख मन्दिर मन्त्री शाहको कुल देवताको मन्दिर रहेको एक स्थानीयले बताए।

चालु आर्थिक वर्षमा दुई सय ७० मन्दिरका लागि २४ करोड बढी बजेट मन्दिरमा विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षका लागि भने विगतभन्दा कम १९ करोड छुट्याएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले बताए।

‘समग्र रूपमा सुदूरपश्चिम धार्मिक पर्यटनको गन्तव्य हो,’ उनले भने, ‘मन्दिरको बजेट विगतकै निरन्तरता हो। तर पनि यो वर्ष बजेट घटाइएको छ।’ विगतमा चर्को विरोध भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीले स–साना मन्दिरमा बजेट नहाल्ने घोषणा गरेका थिए। तर ५ लाखदेखि ५० एक करोडसम्म मन्दिर निर्माणका लागि बजेट छुट्याइएको हो।

५ लाख बजेटले कुनै पनि मन्दिरलाई मौलिक शैलीमा विकास गर्न नसकिने भए पनि कार्यकर्ता रिझाउन बजेट कनिका छरेजस्तै विनियोजन हुँदै आएको छ। सुदूरपश्चिम धार्मिक पर्यटनका दृष्टिकोणले पनि निकै सम्भावना बोकेको प्रदेश हो।

यहाँ खप्तडधाम, सिद्धनाथ–बैधनाथ धाम, बडिमालिका, परशुराम, मालिकार्जुन, डिलाशैनी, उग्रतारा, शैलेश्वरी, त्रिपुरासुन्दरी, मेलौली, बेहडाबाबाजस्ता धार्मिक गन्तव्य छन्। ती धार्मिक क्षेत्रमा प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा पर्यटन प्रवर्द्धनमा समस्या भइरहेको छ।

तर, निश्चित जाति र समुदायका कूल देवताका मन्दिरमा बजेट विनियोजन गर्दै प्रदेश सरकार पर्यटनबाटै समृद्ध प्रदेश बनाउने सपना बुनिरहेको छ।रुपान्तर

२०७८ असार १८, शुक्रबार ०९:३८ 0 Minutes 110 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार