२०७९ श्रावण २६
  • काठमाडौँ

२३ बर्ष पछि च्यात्तिएको मुटुको पुन : उपचारमा सफलता संगै जनतामा थपिएको त्यो खुसी !

रचना डागी
सल्यान :जसको मापन गर्न कुनै यन्त्र नबनेको, भौतिक परिमाण नभएको यस जगतकै सबै भन्दा महँगो वा अतुलनीय वस्तु आकारमा सानो भएपनि माया र प्रेमले संबेगलाई चारवटा च्याम्बरले धानेको मेरो मुटु जस्तै हो मेरो स्थायी वस्ती सल्यान झिम्पे ।

भौगोलिक बनावटको हिसाबलेनेपाल जस्तै दुई ठुला पहाडको बिचमा अबस्थित र प्राकृतिक सुन्दरताको अनुपम उपहार सरल र सानो वस्ती हो । धमनी र शिरामा बहने रगत भन्दा कमि छैनन खोला र झरणा । जसरि एउटा धमनी बिग्रेर मुटुको निरन्तर कार्यमा अपूर्ण हुन्छ, त्यसरी नै संचार क्षेत्रमा मेरो बस्ति साचिकै अपाङ्ग मुटु जस्तै बस्नु परेको थियो ।

अत: धार्मिक वा आदर्श दर्शनका अनुसार चार वटै युगको चरम चक्र पार गर्दा होस् वा बैज्ञानिक सिद्धान्त अनुसार आधुनिक युगको बखत होस अनन्त: मेरो मुटु(टावर) ढिलै भएपनि उपचार(मर्मत) भएको छ । अझ स्पस्टमा भन्दा सास फेर्न पाएको छ । आफ्नो खबर सुन्न र बताउन सक्ने भएको छ ।

विगतको समयमा बनाएको र भत्काइएको त्यो दृश्य त देखिन तर पूर्वजको किवदन्ती अनुसार २०५४ सालको जनयुद्धको समयमा यसलाई माओवादीको नेत्रित्वमा बनेको चर्काचर्किले यसलाई अपाङ्ग बनाई छाडेको रे । जसरी हजारौ मान्छे मारिए, कयौ को सिन्दुर पोते खोसियो अनि आमाका कोख रितिए र घरवारविहीन भएका थिए त्यसरी नै मेरो मुटुको एउटा च्याम्बर च्याति घाइते बनाइएको थियो ।

अपाङ्ग बनाएर छोडेको मेरो मुटु प्रति ध्यान सजिलै र छिटै कसैको पुग्न सकेन । साचिकै अपाङ्ग बनाएको मेरो मुटुलाई तिम्रो स्वार्थ पद, प्रतिष्ठान प्राप्तिको लागि गरेको तिम्रो कुकार्यले आज सम्म कति पिडा र दुखमा छटपटिनु पर्यो । तिम्रो मनको तृष्णाको जालोले ढपक्कै ढाकेको ‘विकाश’ नामको तिम्रो निन्दनीय र घृणित काम (युद्धले )सायद मेरो मुटुलाई च्यात्न केहि बेरमै सफल भयौ होला ।

रगतको अभावमा पनि सकी नसकी शरीरका विभिन्न भागमा पुर्याउने प्रयासरत मेरो मुटु एउटा च्याम्बर च्यात्न बितिकै साचिकै अपूर्ण र अपाङ्ग भए जस्तै मेरो वस्ती संचारको अभावले दर्द र पिडामा छटपटीनु परेको थियो ।

संसारको कुनै खबर सुन्न र आफ्नो खबर बताउन असमर्थ भएको मेरो वस्ती वास्तमै अन्तर आत्मादेखि रोइरहेको थियो । प्रदेशिएका मनहरु बेखबरमै बस्नु परेको अनि घरपरिवारले आफ्नो समाचार बताउन नपाएको सम्पर्क बिहिन मेरो वस्ती तिमीले बनाएको पत्थर बनेको थियो ।

जब मेरो वस्तीबाट टाढीनु पर्यो यादका छालहरुको तरङ्ग जति बढेपनि म मौन बस्न बाध्य हुन्थे । सपनामा मात्रै आउने विपनामा वेखबर भइदिएको मेरो वस्तीको अन्तर रोदनको विषयमा लेख्न उठेको मेरा हात अकस्मात स्वयं रोकिन्थ्य। डराउनु पर्ने र लज्जास्पद हुनु पर्ने कारण के थियो त्यसमा तर आफ्नो कम्जोर स्थिति, घाइते अनि वेवारिसे कुरालाई पोख्न कहिलै हिम्मत गरेनन ।

केहि सेकेन्डमै च्यातिएको एउटा च्याम्बर (टावर) लाइ पुनः निर्माण सम्भार गर्न तिमीलाई कति बिन्ति चढाउनु पर्यो । भगवान पुग्ने नाममा वली चढाएर आउने तिमि यसको घाइते अबस्थामा र भत्किएको संरचना कहिलै बुझ्ने र हेर्ने प्रयास गरेनौ । विकाश को नाममा धेरै भौतिक संरचना बिगार्छौ । तर बिगारिएको वस्तु पुनः निर्माण गर्न तिमि वौद्धिक र दिमागिए क्षमता अलि ढिलै पुग्ने रहेछ ।

तिम्रो बिध्म्सकारी सोचले बिगारेको टावर आज झन्डै २३ वर्ष पछि मर्मत भएको छ । साचिकै एउटा अपाङ्ग अंगले उपचार पाएको छ । सबै झिम्पेका जनमानसको मानसपटलमा खुसी र प्रमोद छाएको छ ।

परिणाम ; बिगार्नकोलागि एक मिनेट काफी तर सुधार्नको लागि कति हो कति भने जस्तै धेरै संघर्ष पछि घाइते मुटु(टावर) को उपचार(मर्मत) भएको छ । मानवको आधारभूत आवश्यकता मध्य एउटा संचार जसको पुनः निर्माणको अब देखि आफ्नो समाचार बनाउन र अरुको सुन्न सक्ने भएको छ ।

यसलाई टुक्राउनेलाई त मेरो मुटुले कहिलै माफि दिदैन तर अहिले जसले यसलाई निर्माण गर्नु भयो उहा प्रति कृतज्ञता तथा आभार प्रकट गर्दछु । कुनै स्वार्थ बिना जनहितमा आधारित विकास भएमा साचिकै एउटा सफल र खुसी वस्ती हुनेछ । अन्ततः अपाङ्ग मुटु सपाङ्गमा परिणत हुनेछ ।ओष्णाको जालोले ढपकै ढाकेको ‘विकाश’ नामको तिम्रो निन्दनीय र घृणित काम युद्धले सायद मेरो मुटुलाई च्यात्न केहि बेरमै सफल भयौ होला ।

रगतको अभावमा पनि सकी नसकी शरीरका विभिन्न भागमा पुर्याउने प्रयासरत मेरो मुटु एउटा च्याम्बर च्यात्न बितिकै साचिकै अपूर्ण र अपाङ्ग भए जस्तै मेरो वस्ती संचारको अभावले दर्द र पिडामा छटपटीनु परेको थियो ।

छत्रेश्वरि गाउँपालिका मा पर्ने पातिहाल्न टावर

२०७८ असार १७, बिहीबार ०७:३६ 0 Minutes 195 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।