२०७९ असार १५
  • काठमाडौँ

भारतमा कार चोरेर नेपालमा प्रयोग, नक्कली ब्लुबुकसहित चार जना प,क्राउ

काठमाडौं । भारतबाट कार चोरी गरेर ल्याएर नेपालमा बिक्री गर्ने गरेका पाइएको छ । चोरीमा संलग्न हुनेले नेपालमा नक्कली ब्लुबुकसमेत बनाएको भेटिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कार चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएसँगै भारतमा चोरिएका कार नेपालमा प्रयोग हुने गरेको खुलेको हो ।

प्रहरीले नक्कली ब्लूबुक बनाएको अभियोगमा थप दुई जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिसकिएको छैन ।

कार्यालयका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार काठमाडौंको भीमसेनगोलामा रहेको एक पसलबाट नक्कली ब्लुबुक बनाउनेलाई पक्राउ गरिएको हो । उनी भन्छन्, ‘उनीहरुले विश्वविद्यालयका सर्टिफिकेटहरु पनि नक्कली बनाउने गरेको पाइएको छ ।’

२०७८ असार १६, बुधबार ००:४२ 0 Minutes 161 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार