२०७९ असार १८
  • काठमाडौँ

अभिनेता पल शाह रियल हिरो अफ दि इयरबाट सम्मानित

काठमाडौ । म’हामारी होस् वा प्रा’कृतिक विप’त्ती अभिनेता पल शाह सहयोगका लागि संधै अगाडी आउँछन् ।

उनै नायक पल शाहलाई रियल हिरो अफ दि इयरबाट सम्मानित गरिएको छ । उनी फिल्ममा त हिरो छन् नै समाजमा उनले निभाएको सहयोगी ब्यवहारका कारण रियल हिरोको सम्मान दिइएको हो । म’हा’मा’री सुरु हुनासाथ उनले अप्ठेरोमा परेका चलचित्र प्राविधिकहरुलाई ५ लाख रुपैया बराबराको सहयोग दिने घोषणा तत्काल गरे ।

त्यसपछि उनी जस्तै अन्य कलाकारहरुले पनि सहयोगको हात बढाए । अहिले पनि उनी सहयोगमा जुटीरहेका छन् । मुलुकका विभिन्न स्थानमा राहत र सहयोग लिएर पुगेका छन् । ल’कडा’उनले गर्दा बेरोजगार बनेका चलचित्रकर्मीहरुलाई राहत सहयोग गर्न शुरु भएको

‘रजतपट कोशेली अभियान’ले पललाई सम्मान गरेको हो । उद्दार र सहयोगमा लागिपरेका पल शाहलाई सोहि सामाजिक कामको लागि यो सम्मान गरिएको रजतपट कोशेलीका प्रकाश सुवेदीले जानकारी दिए ।

सोमबार काठमाण्डौमा आयोजित सहयोग कार्यक्रममा दिईएको उक्त सम्मान लिन पल भने अनुपस्थित थिए । उनि राहतकै लागि काठमाण्डौ बाहिर भएका कारण आफुलाई दिएको सम्मान पनि ग्रहण गर्न पाएनन् ।

सोहि कार्यक्रममा बिरामी परेकी मोडल निशा घिमिरेलाई ११ लाख सात हजार आठ सय रुपैयाँ सहयोग पनि गरिएको छ । निशालाई निशुल्क उपचारको प्रबन्ध गरेकी मेघा चौधरीलाई पनि सम्मानित गरिएको छ । मेघाको सम्मानपत्र नवजीवन परोपकार समाज नेपालका दुर्गानाथ दाहालले बुझेका थिए ।

पुर्बआवाज बाट

२०७८ असार १५, मंगलवार १२:३० 0 Minutes 316 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।