२०७९ असार २०
  • काठमाडौँ

सिन्धुपाल्चोकका बाढी पीडितलाई सन्दीप लामिछानेको सहयोग

काठमाडौं । सिन्धुपाल्चोकका बाढी पीडितका लागि क्रिकेटर सन्दीप लामिछानेले सहयोग गरेका छन् । सन्दीपले हेलम्बु गाउँपालिकाका बाढी पीडितलाई अस्थायी आवास निर्माणका लागि सहयोग गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकसँगको समन्वयमा चार लाख रुपैयाँ बराबरको जस्तापाता र डण्डी सहयोग गरिएको सन्दीपका व्यवस्थापक रमण शिवाकोटीले बताए ।

सन्दीपले चौतारामा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेललाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । पोखरेलका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिमार्फत अस्थायी आवास निर्माणमा ती सामग्री प्रयोग गरिनेछ ।

‘सामग्री हस्तान्तरण गरेर मेलम्ची आएका छौं,’ व्यवस्थापक शिवाकोटीले अनलाइनखबरसँग भने । जथाभावी राहत हस्तान्तरण गर्दा समस्या भएको भन्दै प्रशासनले सहयोग सामग्री वितरणमा एकद्वार प्रणाली लगाएको छ ।

अनलाइन खबर बाट साभार

२०७८ असार १४, सोमबार १६:११ 0 Minutes 461 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।