२०७९ श्रावण ३१
  • काठमाडौँ

क्यान्सरविरुद्धको खोप तयार गदै टुरेसी

काठमाडौं । जर्मनीको बायोन्टेक कम्पनीका संख्थापक ओजलेम टुरेसीले क्यान्सरविरुद्धको खोप तयार पार्ने बताएका छन् ।

ओजलेमले आफनो आगामी लक्ष्य क्यान्सरविरुद्धको खोप तयार पार्नु रहेको बताएका हुन् । यसअघि टुरेसीले अमेरिकाको फाइजर कम्पनीसंग मिलेर कोरोनाविरुद्धको खोप निर्माण गरेका थिए ।

टुरेसीले क्यान्सरविरुद्धको खोप पनि केही वर्ष भित्रै आउने दाबी समेत गरेका छन् । कोरोनाको खोप तयार पार्नु अघि नै बायोन्टेक ट्युमरसंग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता विकास गर्न सक्ने खोप बनाउने कार्यमा जुटेका थिए ।

तर कोरोना महामारी फैलिएपछि भने कम्पनी कोरोनाको खोप बनाउन लागेको थियो । यो खोप हाल विश्वका थुप्रै राष्ट्रहरुमा प्रयोग भइरहेको छ ।

एजेन्सीको सहयोग बाट

२०७८ असार १४, सोमबार ०१:०९ 0 Minutes 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।